१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

‘चीन र भारतलाई विश्वासमा लिनसके मात्रै राष्ट्रिय हित’



काठमाडौं । विज्ञहरुले चीन र भारतसँग स्वतन्त्र सम्बन्ध कायम राख्नुपर्नेमा जोड दिएका छन् । काठमाडौंमा आज आयोजित एक साक्षात्कारमा उनीहरुले भारत र चीन दुवै मुलुकलाई विश्वासमा लिएर अघि बढ्न सकेमात्रै राष्ट्रिय हित हुने बताएका हुन् ।

रिपोटर्स क्लबको साक्षात्कारमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणलाई भारतसँग नजोड्न आग्रह गरे । नेपाल एक स्वतन्त्र मुलुक भएकाले छिमेकीहरुसँगको सम्बन्ध पनि स्वतन्त्र नै हुने भन्दै डा. भट्टराईले चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेको नेपाल भ्रमणलाई भारतसँग नजोड्न आग्रह गरेका हुन् ।

चिनियाँ राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ आइतबार नेपालको एकदिने भ्रमणमा आएका थिए ।

डा. भट्टराईले छिमेकीहरुसँग नेपालको सम्पन्ध जहिलेपनि स्वतन्त्र हुने उल्लेख गर्दै त्यसलाई तेस्रो मुलुकसँग जोड्ने गल्ति गर्न नहुने बताए । उनले भने ‘जहिले पनि हामी स्वतन्त्र मुलुक हौँ । अर्को स्वतन्त्र मुलुकसितको सम्बन्ध स्वतन्त्र नै हो । त्यसलाई तेस्रो मुलुकसँग जोड्ने कुरा अगाडी बढायौँ भने हामी फस्छौँ । त्यो गलत हामीले गर्नुहुँदैन । नेपाल भारतको सम्बन्ध दुई मुलुकको स्वतन्त्र सम्बन्ध हो । नेपाल र चीनको सम्बन्ध पनि दुई मुलुकको सम्बन्ध हो । अन्य जुनसुकै मित्रराष्ट्रहरुसँगको सम्बन्ध पनि हाम्रो स्वतन्त्र सम्बन्ध हुन्छ ।’

डा. भट्टराईले नेपाली सेनालाई वार्षिक रुपमा चीनले दिँदै आएको सहयोगको निरन्तरता बाहेक अन्य कुनै गतिविधि नभएको स्पष्ट पारे । उनले भारतसँग सीमा विवाद लगायतका विषयमा परराष्ट्रमन्त्री स्तरीय जोइन्ट कमिसनको बैठक डिसेम्बर महिनाभित्र नै सम्पन्न हुने पनि बताए ।

पूर्व रक्षामन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता भिमसेनदास प्रधानले चीन र भारत दुबै देशलाई सँगै लिएर नेपालले आफ्नो हितका लागि काम गर्नुपर्ने धारणा राखे । नेपाल कुनै पनि देशतिर नढल्केर कुनै पनि देशको अहित हुने काम नगरेर आफ्नो उन्नति गर्नतिर लाग्नुपर्ने प्रधानले सुझाव दिए । प्रधानले चीन र भारत दुबै देशलाई आफ्नो विश्वासमा लिएर काम गर्नुपर्ने पनि बताए ।

नेपालले युद्धको अवस्था ल्याउन दिन नहुने उल्लेख गर्दै नेता प्रधानले भने, ‘हाम्रो सेनाको प्रयोग र सबभन्दा बढि सदुपयोग भनेको नै युएन पिस किपिङमा मात्रै हो, नेपालको सिमामा सेनाले त्यति चासो दिएको छैन् । त्यहाँ प्यारामिट्री फोर्स र सशस्त्र प्रहरी बस्छ । सेना डाईरेक्ट जानुपनि हुँदैन् । युद्धै भएको अवस्थामा मात्रै जाने हो । नेपालले युद्धको अवस्था ल्याउन दिनुपनि हुँदैन् । सुगौली सन्धिमा हामीले धेरै गुमायौं नि । हाम्रो रणनीति भनेको नै भारत र चीनलाई विश्वासमा लिएर नै नेपालको हितमा सम्बन्ध उपयोग गर्ने हो । नेपालले एक अर्काविरुद्ध प्रयोग गर्नुहुँदैन् ।’

नागरिक अगुवा सुन्दरमणि दीक्षितले नेपालका राजनीतिक दल र नेताहरुलाई आफ्नो व्यक्तिगत स्वार्थभन्दा देशको हितका लागि सोचेर अगाडि बढ्न आग्रह गरे । दुई ठूला विकसित देशहरुको बीचमा रहेको नेपालले दुबै देशसँग सुमधुर सम्बन्ध बनाएर अगाडि बढ्न सके मात्रै प्रगति गर्न सकिने भएकाले व्यक्तिगत स्वार्थमा केन्द्रित नहुन उनले आग्रह गरे ।

डा. दीक्षितले भने, ‘नेपालीहरुले अलिकति बुद्धि लगाउन सक्यौँ भने आफ्नो स्वार्थ र पार्टीको स्वार्थ छोडेर यी दुई मुलुकसँग फाइदा लिन सक्यौँ भने केही सिक्यौं भने हामी धेरै माथि जान सक्छौँ । दलका नेताहरुले आपसको हित हेरेर चीन र भारतलाई लडाएर, झगडा गराएर आफ्नो पार्टीलाई मात्रै फाइदा हुनेगरी अगाडी बढे नेपालको फल प्राप्त गर्दैन । त्यो फल प्राप्त गर्न सकिएन भने हम्रो दुर्भाग्यपूर्ण अवस्था हुनेछ ।’

तिनैजना वक्ताहरुले आफ्नो देशको हितलाई हेरेर चीन र भारतसँगको सम्बन्ध विस्तार गरी अगाडि बढाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ४ : ४४ बजे

मनमोहन अधिकारी वाम-लोकतान्त्रिक आन्दोलनका अथक योद्धा : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारी नेपालको वाम-लोकतान्त्रिक आन्दोलनका

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल