५ श्रावण २०८३, मंगलबार | July 21, 2026

आवास ग्रुपको २ वटा नया उद्योग शिलान्यास, एउटा उद्योग शुभारम्भ



बुटवल । आवास ग्रुपले दुई वटा नया उद्योगको शिलन्यास र एक उद्योगको उत्पादन शुभारम्भ गरेको छ ।

सोमबार एक समारोहका बिच तिलोत्तमा-१७, गंगोलियामा ज्याकोर पाईप एण्ड फिटिङ कम्पनीको भवन शिलन्यास गरिएको हो ।

डेढ विगाहा क्षेत्रफलमा निर्माण हुने उद्योगको पूर्वाधारमा २० करोड रुपैया लगानी रहेको छ । यहा पिभिसि, एचडिपि, सिपिभिसि, युपिभिसि लगायत पाईप एण्ड फिटिङका उत्पादन हुने आवास ग्रपका संचालक महेश थैवले बताए ।

यसअघिबाट आवास ग्रुपबाट जे आई फिटिङ उत्पादन हुँदै आएको थियो । करीब ६ महिनामा फैक्ट्रीको पुर्वाधार र मेशिन जडान भएर बजारमा उत्पादन जाने उनले बताए ।

यसैगरि सोमबार नै देवदह-१०, भलुहीमा आवास ग्रुपको डुगारी गार्मेन्ट इन्डष्ट्रिज प्रालिको शिलन्यास गरिएको छ । एक समारोहका बिच देवदह नगरपालिकाका नगरप्रमुख हिरा बहादुर खत्री, वडा नं १० वडाअध्यक्ष एक बहादुर सुनार, संचालक यज्ञश्वर थैव, राजेश थैवसहित थैव परिवारले नया उद्योग भवनको विधिवत शिलन्यास गरेका हुन ।

कार्यक्रममा बोल्दै नगरप्रमुख खत्रीले देशमा उद्योग ब्यापार बढाउदै युवाहरुलाई स्वरोजगार बनाउने नीति सरकारको हुनुपर्ने बताए । करिब ११ कठ्ठा क्षेत्रफलमा निर्माण हुने उद्योगमा पहिलो चरणमा २५ करोड रुपैया लागत रहेको छ ।

जिन्स पाईन्ट, जुत्ता लगायत परिकारहरुलाई डुगारी भनिन्छ । उद्योगबाट ५ सय जनाले रोजगार पाउने छन । यसैगरि देवदहमा नै लिडर्स ट्याप्स एण्ड भल्भ प्रालिको समेत उत्पादन शुरु भएको छ ।

आवास ग्रुपको देवदहमा खानेपानीमा प्रयोग हुने गन मेटलका फिटिङहरु, बाथरुम सेटहरु उत्पादन तथा हेल्मेट, लेगार्ड र फर्निचर समेत गरि पाच वटा फैक्ट्री रहेका छन ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ४ : ५४ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं