१६ बैशाख २०८१, आइतबार | April 28, 2024

आवास ग्रुपको २ वटा नया उद्योग शिलान्यास, एउटा उद्योग शुभारम्भ



बुटवल । आवास ग्रुपले दुई वटा नया उद्योगको शिलन्यास र एक उद्योगको उत्पादन शुभारम्भ गरेको छ ।

सोमबार एक समारोहका बिच तिलोत्तमा-१७, गंगोलियामा ज्याकोर पाईप एण्ड फिटिङ कम्पनीको भवन शिलन्यास गरिएको हो ।

डेढ विगाहा क्षेत्रफलमा निर्माण हुने उद्योगको पूर्वाधारमा २० करोड रुपैया लगानी रहेको छ । यहा पिभिसि, एचडिपि, सिपिभिसि, युपिभिसि लगायत पाईप एण्ड फिटिङका उत्पादन हुने आवास ग्रपका संचालक महेश थैवले बताए ।

यसअघिबाट आवास ग्रुपबाट जे आई फिटिङ उत्पादन हुँदै आएको थियो । करीब ६ महिनामा फैक्ट्रीको पुर्वाधार र मेशिन जडान भएर बजारमा उत्पादन जाने उनले बताए ।

यसैगरि सोमबार नै देवदह-१०, भलुहीमा आवास ग्रुपको डुगारी गार्मेन्ट इन्डष्ट्रिज प्रालिको शिलन्यास गरिएको छ । एक समारोहका बिच देवदह नगरपालिकाका नगरप्रमुख हिरा बहादुर खत्री, वडा नं १० वडाअध्यक्ष एक बहादुर सुनार, संचालक यज्ञश्वर थैव, राजेश थैवसहित थैव परिवारले नया उद्योग भवनको विधिवत शिलन्यास गरेका हुन ।

कार्यक्रममा बोल्दै नगरप्रमुख खत्रीले देशमा उद्योग ब्यापार बढाउदै युवाहरुलाई स्वरोजगार बनाउने नीति सरकारको हुनुपर्ने बताए । करिब ११ कठ्ठा क्षेत्रफलमा निर्माण हुने उद्योगमा पहिलो चरणमा २५ करोड रुपैया लागत रहेको छ ।

जिन्स पाईन्ट, जुत्ता लगायत परिकारहरुलाई डुगारी भनिन्छ । उद्योगबाट ५ सय जनाले रोजगार पाउने छन । यसैगरि देवदहमा नै लिडर्स ट्याप्स एण्ड भल्भ प्रालिको समेत उत्पादन शुरु भएको छ ।

आवास ग्रुपको देवदहमा खानेपानीमा प्रयोग हुने गन मेटलका फिटिङहरु, बाथरुम सेटहरु उत्पादन तथा हेल्मेट, लेगार्ड र फर्निचर समेत गरि पाच वटा फैक्ट्री रहेका छन ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ४ : ५४ बजे

नेपाल पत्रकार महासंघ रुपन्देहीको अधिवेशन तथा साधारणसभा सकियो

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको १२ औ अधिवेशन तथा

लगानी सम्मेलन : यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै

काठमाडौं । आजदेखि सुरु हुने तेस्रो लगानी सम्मेलनमा विभिन्न २०

नेपाल र वेस्ट इन्डिज ए बीचको दोस्रो टी-२० आज

काठमाडौं। नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको दोस्रो

एक सय ५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत

इलाम-२ मा मतगणनाको तयारी, केहीबेर शुरु हुदै

काठमाडौं । इलाम-२ को मतगणना गर्ने तयारी भइरहेको छ ।