२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

३३ औ विश्व एड्स दिवसको पुर्वसन्ध्यामा अन्तरक्रिया



बुटवल । ३३ औ विश्व एड्स दिवस २०२० को पुर्वसन्ध्यामा सोमबार बुटवलमा पत्रकार अन्तरक्रिया गरिएको छ ।

स्वस्थ्य निर्देशनालय, लुम्बिनी प्रदेश स्वस्थ्य कार्यालयको आयोजनामा गरिएको अन्तरक्रियामा बोल्दै स्वास्थ्य निर्देशनालयका प्रमुख डा राजेन्द्र कुमार गिरिले यो वर्ष विविध सचेतनाका कार्यक्रम गरि दिवस मनाउन लागेको बताए ।

कोभिड-१९ का कारण एड्सका कार्यक्रम ओझेलमा परेको भन्दै उनले ट्युबर क्लसिस(टिबि)र गर्भवती महिलालाई अनिवार्य परिक्षण जरुरी रहेको बताए । समुदायस्तरमा परिक्षण, गर्भवती महिलालाई परिक्षणसंगै संक्रमण पत्ता लागेपछि आवश्यक सहयोग लगायतमा सरकार तथा सरोकारवाला संघस्थाहरुको सहकार्य रहेको उनको दाबी छ । राष्ट्रिय एचआईभि रणनितिक योजना २०१६/२०२१ ले निर्देश गरे अनुसार काम हुँदै आएको छ ।

बा स्व शि अ स्वा नेत्रलाल अर्यालले तथ्याक ब्यवस्थापन गर्नुपर्ने चुनौती रहेको भन्दै तालिम र परिक्षण बढाउने काम समेत आवश्यक रहेको उनले बताए । समुदायमा तालिम, रिपोर्टिङ, संघसंस्थाहरु बिच सहकार्यसंगै पछिल्लो समयमा रोकथामभन्दा उपचारमा जोड दिएको समेत उनले बताए । पछिल्लो समय उपचारमा आउने संख्या बढेको भन्दै टेष्ट किटको समस्या सधै देखिने गरेको दुखेसो गरे ।

भिम र लुम्बिनी प्रादेशिक अस्पतालबाट १ हजार ३ सय २२ जनाले एआरटी सेवा लिईरहेका छन । प्रदेशमा यो वर्ष गरिएको १३ हजार ९ सय ६० जना सुत्केरीमा गरिएको परिक्षणमध्ये १३ जना संक्रमित भेटिएको छ ।

सन २०२० मा २२ हजार ९ सय ३४ पुरुष, १४ हजार ३ सय महिला र ३ सय ६२ जना तेस्रोलिङिसहित ३७ हजार ५ सय ९६ जना संक्रमित रहेको तथ्याकले देखाउछ ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ५ : ०१ बजे

इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक