८ पुस २०८२, मंगलबार | December 23, 2025

कञ्चनपुरमा नक्कली रुपैयाँ छाप्ने मेसिन सहित २ जना पक्राउ



कञ्चनपुर । कञ्चनपुर प्रहरीले नक्कली नोट र मेसिन सहित कारोबारीलाई पक्राउ गरेको छ ।

भिमदत्त नगरपालिका वडा नम्बर १८, महेन्द्रनगर बजारबाट कञ्चनपुर प्रहरीले आईतबार बेलुका नक्कली नोट र नोट बनाउने मेसिन सहित तीन जनालाई पक्राउ गरेको हो ।

महेन्द्रनगर बजार २ नम्बर गल्लि स्थित सानु धामीको फुटपात पसलमा कञ्चनपुर भिमदत्त नगरपालिका वडा नम्बर-१८ मा डेरा गरी बस्ने रितिका बम र उनका श्रीमान अनुज शर्माले खोटा मुद्राको कारोबार गरीरहेको भन्ने बिशेष सूचनाका आधारमा प्रहरीले छापा हान्दा नक्कली मुद्रा र मुद्रा छाप्ने मेसिनसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी तथा प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिए ।

पक्राउ परेका बम र शर्माका साथबाट एक हजार दरको नेपाली नोटका दुई थान बरामद गरेको थियो । प्रहरीले उनीहरु बस्ने डेरामा समेत खान तलासी गर्दा उनीहरुको कोठाबाट तयारी अवस्थामा रहेका खोटा नोटहरु, फोटोकपी पेपर, खोटा नोट बनाउने फोटोकपी र प्रिन्टर मेसीन, कैची लगायतका समाग्री बरामद गरेको छ । पक्राउ परेका बम र शर्मालाई आवश्यक कारबाहीका लागि यतिबेला प्रहरी हिरासतमा राखी ५ दिनको म्याद थप गरि अनुसन्धान थालिएको छ ।

यसैबीच, प्रहरीले कञ्चनपुर भिमदत्त नगरपालिका वडा नम्बर-१८ भगतपुर बस्ने २४ वर्षका दीपक नाथलाई नेपाली एक हजारको नक्कली रुपैयाँ सहित पक्राउ गरेको छ । नक्कली रुपैयाँ प्रयोग गरि उनले भिमदत्त नगरपालिका वडा नम्बर-४ गोबरिया स्थित अरुण शाहको पसलमा सरसमान किनिरहेको भन्ने बिशेष सूचना पाएको प्रहरीले उनलाई रगेंहात पक्राउ गरेको हो ।

उनको खानतलासी गर्दा नक्कली एक हजार रुपैयाँको ३ थान नक्कली नेपाली रुपैयाँ बरामद गरि अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको क्षेत्रीले बताए ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ६ : २३ बजे

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना

प्रथम निशान न्यौपाने स्मृति सेभेन ए साईड फुटबल शुरु

बुटवल । प्रथम निशान न्यौपाने स्मृति सेभेन ए साईड फुटबल