२१ मंसिर २०८२, आइतबार | December 7, 2025

देशभरी अस्पतालको शिलान्यास हुँदा बाँकेको नरैनापुरमा ५ शैयाको अस्पताल उदघाटन



नेपालगन्ज । ७ वटा प्रदेशको ३०९ स्थानमा आधारभूत अस्पतालको शिलान्यास भएकै दिन बाँकेको नरैनापुरमा भने ५ शैयाको अस्पतालको उदघाटन भएको छ । संघिय सरकारको एक पालिका एक अस्पतालको कार्यक्रम अन्तर्गत नरैनापुर गाउँपालिकामा पाँच शैयाको कोभिड अस्थायी अस्पताल सञ्चालनमा आएको हो ।

नरैनापुरमा संचालनमा आएको अस्पतालको लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी नमुना र गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले संयुक्तरुपमा उदघाटन गरेका छन् । सोमबारबाट नरैनापुरको वडा नम्बर २ लक्ष्मणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन सुविधासहित पाँच शैयाको अस्पताल सञ्चालनमा आएको छ । संघीय सरकारले भदौ २३ गते हरेक स्थानीय तहलाई कम्तिमा पाँच शैयाको अस्पताल सञ्चालन गर्न गरेको परिपत्र अनुसार कोभिड अस्पताल सञ्चालनमा ल्याइएको नरैनापुर गाँउपालिकाले जनाएको छ । अस्पताल सञ्चालनका लागि पहिलो चरणमा संघले १० लाख रुपैयाँ पठाएको थियो ।

उदघाटन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य नमुनाले पाँच शैयाको अस्पताल सञ्चालनमा आएसंगै संक्रमितलाई उपचारार्थ नेपालगञ्ज लैजानुपर्ने अवस्थाको अन्त्य भएको बताईन् । प्रारम्भिक चरणमा कोभिडको सर्वाधिक मारमा परेको नरैनापुरमा पछिल्लो समय एकाध बाहेक संक्रमित नभेटिनु सुखद् भएपनि तयारी अवस्थामा रहन जरुरी रहेको उनले बताईन् ।

गाउँपािलका अध्यक्ष शाहले स्वास्थ्य सेवामा पछाडि परेको नरैनापुरलाई अघि बढाउन तन, मन र बचनले इमान्दारपूर्वक जनताको सेवामा खट्न स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे ।

प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले कोभिड अस्पताल सञ्चालन भएपछि अब उपचार सहज हुने बताए ।

शाहीका अनुसार नरैनापुरमा हालसम्म १ सय २५ जना संक्रमित भएकोमा १ जनाको मृत्यु भएको, १ सय २३ जना निको भएर डिष्चार्ज भइसकेको र एक जना उपचारका क्रममा रहेका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ६ : ४९ बजे

गृहजिल्लामा जनार्दन शर्मा विरुद्ध कालोझण्डा प्रदर्शन

काठमाडौं । पूर्वमाओवादी नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिममा उनका

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न

साँगा-धुलिखेल सडक : पुलबजार खण्डमा स्तरोन्नति सुरु

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक-धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति सुरु

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद