६ बैशाख २०८१, बिहिबार | April 18, 2024

मानुङकोटमा पूर्वाधार निर्माण गर्न काँग्रेस वरिष्ठ नेता पौडेलको जोड



तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटमा पर्यटकीय पूर्वाधार निर्माण गर्न आग्रह गरेका छन् ।

मंगलबार बिहान मानुङकोटको अवलोकन गरेपछि वरिष्ठ नेता पौडेलले यस क्षेत्रमा पर्यटन प्रवद्र्धनको ठूलो सम्भावना रहेका कारण पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिएका हुन् ।

गाउँबाट भागेको मनलाई गाउँमै बसुँबसुँ बनाउने अभियानमा आफू लागिपरेको भन्दै वरिष्ठ नेता पौडेलले आज मानुङ सोही दिशातर्फ अगाडि बढेको बताए ।

चर्चित गन्तव्यको रूपमा विकास भएको मानुङको सुन्दरतालाई कायम राख्नेतर्फ ध्यान दिनुपर्नेमा पौडेलले जोड दिए ।

त्यसअवसरमा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, वडाध्यक्ष मोहनकुमार श्रेष्ठलगायतको सहभागि भएका थिए ।

मानुङकोटबाट बिहानै सूर्योदय र कुहिरोको दृश्य हेर्न पर्यटकको घुइँचो लाग्ने गरेको वडाध्यक्ष श्रेष्ठले बताए ।

दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ । परापूर्वकालमा महर्षि वेदव्यासका पिता पराशर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक किंवदन्ती रहँदै आएको छ ।

मानुङकोटबाट पाँचवटा हिमालको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ । यहाँबाट धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु र लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिने भएकाले यस ठाउँ पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको छ ।

मानुङकोटबाट दमौली बजार, मादी नदी, साँगेखोला, तनहुँ जलविद्युत्को बाँध निर्माणस्थल एवं मनोरम दृश्यहरू देख्न सकिन्छ । यहाँबाट दमौली बजारका साथै आसपासका ठाउँहरू प्रष्ट देख्न सकिन्छ ।

मानुङडाँडाबाट दृश्यावलोकनका लागि आउने पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै व्यास नगरपालिकाले डाँडाको छेउमा रेलिङ निर्माण गरेको छ ।-रासस

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ११ : ४८ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी