१६ बैशाख २०८१, आइतबार | April 28, 2024

जुलुस प्रदर्शन नगर्न काठमाडौं जिल्ला प्रशासनको आग्रह, अटेर गरे कारवाही



काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमण जोखिमका बीच सभा, जुलस, प्रदर्शन नगर्न आग्रह गरेको छ ।

काठमाडौं जिल्ला प्रशासनले मंगलबार विज्ञप्ति प्रकाशित गर्दै कोरोना नियन्त्रण हुने अवस्था अझै नदेखिएको भन्दै स्वास्थ्य मन्त्रालयले जारी गरेको जनस्वास्थ्यको मापदण्डलाई पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको हो । प्रशासनले संक्रमणको अवस्थालाई भयावह बनाउने क्रियाकलाप नगर्न आग्रह गरेको छ ।

काठमाडौंमा विभिन्न नाममा निरन्तर जुलुस प्रदर्शन हुन थालेपछि जिल्ला प्रशासनले कानून पालना गर्न सम्झाएको छ । सोमबार मात्रै पूर्वराजावादीहरुको एक समुहले काठमाडौंमा प्रदर्शन गरेको थियो ।

काठमाडौं जिल्ला प्रशासनले सूचनामा भनेको छ, ‘पछिल्लो समय जिल्लामा विभिन्न माग राखी राजनैतिक तथा अन्य भिडभाडजन्य गतिविधि जस्तै सभा जुलुस प्रदर्शन र अभियान सञ्चालन गरेको भन्ने सूचना प्राप्त हुन आएको र त्यस्ता गतिविधिहरु संक्रमणको स्थितिलाई भयावह बनाउने किसिमका भएको साथै स्थानीय प्रशासन ऐन, २०२८ र संक्रामक रोग ऐन २०२० को विपरित हुने भएकाले त्यस्ता भिडभाजजन्य गतिविधिहरु नगर्न नगराउन साथै महामारी राकथाममा सहयोग पुर्याउनु हुन सबैमा जिल्ला प्रशासन कर्यालय हार्दिक अनुरोध गर्दछ ।’

अनुरोध विपरीत सभा, सम्मेलन, जुलुस गरी भीडभाड बढाएमा स्थानीय प्रशासन ऐन, २०२८ र संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिने पनि विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  १२ : ३३ बजे

प्रधानमन्त्रीद्वारा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क

दोश्रो कान्छीबजार साँस्कृतिक मेला यही बैशाख २० गते देखि हुदैं

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजारमा दोश्रो सांस्कृतिक मेला-२०८१ हुने भएको

न्यायाधीश र अधिवक्तामाथिको लाञ्छना आपत्तिजनक : सर्वोच्च बार

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश