१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

जुलुस प्रदर्शन नगर्न काठमाडौं जिल्ला प्रशासनको आग्रह, अटेर गरे कारवाही



काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमण जोखिमका बीच सभा, जुलस, प्रदर्शन नगर्न आग्रह गरेको छ ।

काठमाडौं जिल्ला प्रशासनले मंगलबार विज्ञप्ति प्रकाशित गर्दै कोरोना नियन्त्रण हुने अवस्था अझै नदेखिएको भन्दै स्वास्थ्य मन्त्रालयले जारी गरेको जनस्वास्थ्यको मापदण्डलाई पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको हो । प्रशासनले संक्रमणको अवस्थालाई भयावह बनाउने क्रियाकलाप नगर्न आग्रह गरेको छ ।

काठमाडौंमा विभिन्न नाममा निरन्तर जुलुस प्रदर्शन हुन थालेपछि जिल्ला प्रशासनले कानून पालना गर्न सम्झाएको छ । सोमबार मात्रै पूर्वराजावादीहरुको एक समुहले काठमाडौंमा प्रदर्शन गरेको थियो ।

काठमाडौं जिल्ला प्रशासनले सूचनामा भनेको छ, ‘पछिल्लो समय जिल्लामा विभिन्न माग राखी राजनैतिक तथा अन्य भिडभाडजन्य गतिविधि जस्तै सभा जुलुस प्रदर्शन र अभियान सञ्चालन गरेको भन्ने सूचना प्राप्त हुन आएको र त्यस्ता गतिविधिहरु संक्रमणको स्थितिलाई भयावह बनाउने किसिमका भएको साथै स्थानीय प्रशासन ऐन, २०२८ र संक्रामक रोग ऐन २०२० को विपरित हुने भएकाले त्यस्ता भिडभाजजन्य गतिविधिहरु नगर्न नगराउन साथै महामारी राकथाममा सहयोग पुर्याउनु हुन सबैमा जिल्ला प्रशासन कर्यालय हार्दिक अनुरोध गर्दछ ।’

अनुरोध विपरीत सभा, सम्मेलन, जुलुस गरी भीडभाड बढाएमा स्थानीय प्रशासन ऐन, २०२८ र संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिने पनि विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  १२ : ३३ बजे

अन्तरराष्ट्रिय मित्रता दिवस : आपसी समझदारी र मेलमिलाप प्रवर्द्धनमा जोड

काठमाडौं । आज अन्तरराष्ट्रिय मित्रता दिवस हो । यो दिवस

कपिलवस्तुमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका-५ दक्षिण रहटकोलमा टिपरको ठक्करबाट एक

बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

लुम्बिनी प्रदेश सरकारले घटायो मन्त्रालय संख्या

दाङ । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी र चुस्त बनाउन

विदेशी नागरिकलाई कुटपिट गर्ने दुई पक्राउ

काठमाडौं । विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा