९ माघ २०८१, बुधबार | January 23, 2025

महासचिवको जन्मोत्सवमा केक काटेर सुरुभयो नेकपाको सचिवालय बैठक



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आजको सचिवालय बैठक पार्टीका महासचिव विष्णु पौडेललाई जन्मदिनको केक खुवाएर प्रारम्भ गरिएको छ । औपचारीक बैठक सुरुहुनु पूर्व बैठकस्थलमा पहिले नै ल्याईएको केक काटेर महासचिवको जन्मदिन मनाईएको प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सुर्य थापाले जनाएका छन् ।

थापाका अनुसार बैठक अघि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहित सचिवालयका सबै सदस्यहरुले केक खुवाएर महासचिवलाई जन्मदिनको बधाई तथा स्वस्थ जीवनको शुभकामना व्यक्त गरेका थिए । उक्त अवसरमा पार्टी उपध्यक्ष वामदेव गौतमले १०० बर्ष बाँच्न र राम्रो काम गरेर जानका लागि शुभकामना दिएको थापाले जनाएका छन् । महासचिव पौडेल आजैका दिनबाट ६२ वर्ष पुगेका छन् ।

बैठकमा दुबै अध्यक्षले यस अघिको बैठकमा प्रस्तुत राजनीतिक प्रस्ताव माथि छलफल प्रारम्भ भएको बताईएको छ । आजको बैठकमा प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डको जवाफ भन्दै प्रस्तुत ३८ पेजको प्रस्तावमाथि सचिवालयका प्रचण्ड सहित ५ सदस्यहरुले जवाफ फर्काउने कार्यक्रम रहेको नेकपा श्रोतले जनाएको छ ।

बैठकसुरुमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराही बस्ने भनिएको बैठक प्रधानमन्त्रीले सुरक्षाको कारण देखाएर आउन नसक्ने जनाएपछि प्रधानमन्त्री निवास बालुवाटारमा सरकेको थियो ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ३ : ०५ बजे

एकीकृत खानेपानी आयोजना कार्यान्वयन मोडालिटी तयारीसम्बन्धी छलफल

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादव तथा एसियाली विकास बैंक (एडिबी)

सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार गर्ने इन्ड्राइभ राइडर पक्राउ

काठमाडौँ । काठमाडौँ प्रहरीले सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार गर्ने एक

कटुवाल बेलायतका सय प्रभावशाली व्यक्तिको सूचीमा

बेलायत । गैरआवासीय नेपाली व्यवसायी तथा समाजसेवी सुजन कटुवाल २०२५

अध्यादेशको प्रतिरक्षामा एमाले संसदीय दल

काठमाडौँ । नेकपा (एमाले) संसदीय दलले सरकारले ल्याएको छ वटा

राष्ट्रलाई नकारात्मक प्रभाव पार्ने ऋण लिनु हुँदैन : सभापति देउवा

ललितपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रलाई नकारात्मक प्रभाव