७ चैत्र २०८२, शनिबार | March 21, 2026

महासचिवको जन्मोत्सवमा केक काटेर सुरुभयो नेकपाको सचिवालय बैठक



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आजको सचिवालय बैठक पार्टीका महासचिव विष्णु पौडेललाई जन्मदिनको केक खुवाएर प्रारम्भ गरिएको छ । औपचारीक बैठक सुरुहुनु पूर्व बैठकस्थलमा पहिले नै ल्याईएको केक काटेर महासचिवको जन्मदिन मनाईएको प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सुर्य थापाले जनाएका छन् ।

थापाका अनुसार बैठक अघि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहित सचिवालयका सबै सदस्यहरुले केक खुवाएर महासचिवलाई जन्मदिनको बधाई तथा स्वस्थ जीवनको शुभकामना व्यक्त गरेका थिए । उक्त अवसरमा पार्टी उपध्यक्ष वामदेव गौतमले १०० बर्ष बाँच्न र राम्रो काम गरेर जानका लागि शुभकामना दिएको थापाले जनाएका छन् । महासचिव पौडेल आजैका दिनबाट ६२ वर्ष पुगेका छन् ।

बैठकमा दुबै अध्यक्षले यस अघिको बैठकमा प्रस्तुत राजनीतिक प्रस्ताव माथि छलफल प्रारम्भ भएको बताईएको छ । आजको बैठकमा प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डको जवाफ भन्दै प्रस्तुत ३८ पेजको प्रस्तावमाथि सचिवालयका प्रचण्ड सहित ५ सदस्यहरुले जवाफ फर्काउने कार्यक्रम रहेको नेकपा श्रोतले जनाएको छ ।

बैठकसुरुमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराही बस्ने भनिएको बैठक प्रधानमन्त्रीले सुरक्षाको कारण देखाएर आउन नसक्ने जनाएपछि प्रधानमन्त्री निवास बालुवाटारमा सरकेको थियो ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ३ : ०५ बजे

कर्णाली प्रदेशसभाबाट हिमाली जिल्लामा नियमित हवाई उडान गर्ने ६ बुँदे संकल्पपत्र पारित

कर्णाली । कर्णाली प्रदेशका हिमाली जिल्लाको नियमित हवाई उडान गर्न

दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

काठमाडौं । जलवायु परिवर्तनले बढ्दो विश्वव्यापी तापक्रमका कारण हिन्दुकुश हिमालय

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँदछ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक एवं साँस्कृतिक विविधताबीचको एकताले

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६

ढोरपाटनमा भारी हिमपात

ढोरपाटन । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसहित बागलुङको उच्च पहाडी