३ चैत्र २०८२, मंगलबार | March 17, 2026

नारायणघाट-बुटवल सडक आयोजनाका मजदुर र व्यवस्थापन पक्षबीच सहमति (पत्रसहित)



कावासाेती । नारायणघाट-बुटवल सडकखण्ड आयोजनाका मजदुर र व्यवस्थापन पक्षबीच सहमति जुटेपछि आन्दोलनरत मजदुर काममा फर्केका छन् ।

मंगलबार जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनीको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकमा सहमति जुटेपछि आन्दोलनरत उनिहरु काममा फर्किएका हुन ।

बैठकमा मजदुरहरुका मागहरु एकसाता  भित्रमा सम्बोधन गर्ने सहमति भएको छ ।

न्युनतम डिउटी अवधी ८ घण्टाको हुने ८ घण्टा भन्दा वढि काम लगाएमा १.५ अर्थात डेढ गुणाका दरले प्रति घण्टा ओभर टाईमा दिने विषयमा सहमति जुटेको छ । त्यस्तै शनिबार काम गरेको ओभर टाईम पनि डेढ गुणाले दिने भएको छ ।

प्रत्येक कामदारको न्युनतम सेवा सुविधा र क्षतिपुर्ति उल्लेख गरी सम्झौता गर्ने, साईटमा काम गर्ने मजदुरलाई सुरक्षाका न्युनतम सामग्री उपलब्ध गराउने, प्रत्येक कामदारको दुर्घटना बीमा गर्ने, उपचारको व्यवस्था, परिचयपत्र दिने विषयमा सहमती पत्रमा हस्ताक्षर भएको छ । यसैगरी कामदारबाट गल्ती भएमा सुधारका लागि मौका दिनुका साथै छानविन पछि आवश्यक कारवाही हुने उल्लेख गरिएको छ ।

बैठकमा प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनी, सहायक प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापा, प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाड, नारायणगढ–बुटवल सडक खण्ड आयोजना प्रमुख रहेश कुमार दिष्टी सहभागि थिए आयोजना । यसैगरी म्यानेजर भूमिनन्द ढकाल, ईन्जिनियर दण्डपाणि जैसी, कन्ट्रयाक्ट म्यानेजर लिन होङ्ताओ, अखिल नेपाल ट्रेड यूनियन महासंघ नवलपुरका अध्यक्ष सानुकाजी डंगोल लगायतको पनि उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ६ : २९ बजे

लुम्बिनी प्राविधिक विश्वबिद्यालयलाई खजुरामा भवन हस्तान्तरण

खजुरा । प्रदेश सरकारले बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना

चलचित्र पत्रकार संघ रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी निर्वाचित

बुटवल । चलचित्र पत्रकार संघ नेपाल रुपन्देही को अध्यक्षमा कृष्ण

राप्रपाको संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही चयन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ज्ञानेन्द्र शाही लाई

रवि लामिछानेविरुद्धको मुद्दा आजपनि हेर्दाहेर्दैमा

काठमाडौं । रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी

इन्धन आपूर्ति संकटप्रति बुटवल उद्योग वाणिज्य संघको गम्भिर चिन्ता

बुटवल । मध्यपूर्व क्षेत्रमा जारी अन्तर्राष्ट्रिय द्वन्द्वका कारण विश्वव्यापी रूपमा