२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको छ।

स्थानीय प्रशासनले निषेधित क्षेत्र तोडेको अभियोगमा बरिष्ठ नेता पौडेललाई जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएको हो।

प्रमुख जिल्ला अधिकारी सागर आचार्यले पौडेलले निषेधाज्ञा तोडेकोले नियन्त्रणमा लिइएको खबरकुरालाई जानकारी दिए ।

असुरक्षा र निषेधाज्ञाको जानकारी गराउंदै पटक पटक कार्यक्रममा सहभागी नहुन अनुरोध गर्दा पनि नेता पौडेल सुरक्षा घेरा तोडेर अगाडी बढ्नु भएकाले नियन्त्रणमा लिईएको प्रजिअ पौडेलले बताए ।

जिल्ला सुदरमुका नजिकै संघीय सरकारको बजेटमा बनेको एउटा पुल उदघाटनका बिषयमा विवाद हुंदा झडप हुने सम्भावनालाई मध्यनजर राख्दै स्थानीय प्रशासनले सो स्थानमा निषेधाज्ञा लगाएको थियो ।

संघीय सरकारको भौतिक पूर्वाधार मन्त्रालयको लगानीमा सडक डिभिजन कार्यालय दमौलीले निर्माण गरेको उक्त पुलको पौडेलले उद्घाटन गर्ने तयारी गरेपछि त्यहाँ विरोध प्रदर्शन भएको थियो ।

 

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  ३ : ४४ बजे

वीरगञ्ज भन्सारबाट एक खर्ब ९९ अर्ब ४० करोड राजस्व सङ्कलन

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षका १० महिनामा

कुशल भुर्तेलको शतकमा नेपालद्वारा अमेरिका ९ विकेटले पराजित

काठमाडौं । ओपनर कुशल भुर्तेलको शानदार शतकीय इनिङको मद्दतमा नेपालले

अमेरिकाविरुद्ध भुर्तेलको शतक

काठमाडौं । नेपाली ओपनिङ ब्याटर कुशल भुर्तेलले शतकीय पारि खेलेका

मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स सङ्क्रमित

मादी नदीमा निर्माणाधीन चार लेनको आर्क ब्रिजमा ८४ प्रतिशत प्रगति

दमौली । मुग्लिन पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको