४ पुस २०८२, शुक्रबार | December 20, 2025

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको छ।

स्थानीय प्रशासनले निषेधित क्षेत्र तोडेको अभियोगमा बरिष्ठ नेता पौडेललाई जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएको हो।

प्रमुख जिल्ला अधिकारी सागर आचार्यले पौडेलले निषेधाज्ञा तोडेकोले नियन्त्रणमा लिइएको खबरकुरालाई जानकारी दिए ।

असुरक्षा र निषेधाज्ञाको जानकारी गराउंदै पटक पटक कार्यक्रममा सहभागी नहुन अनुरोध गर्दा पनि नेता पौडेल सुरक्षा घेरा तोडेर अगाडी बढ्नु भएकाले नियन्त्रणमा लिईएको प्रजिअ पौडेलले बताए ।

जिल्ला सुदरमुका नजिकै संघीय सरकारको बजेटमा बनेको एउटा पुल उदघाटनका बिषयमा विवाद हुंदा झडप हुने सम्भावनालाई मध्यनजर राख्दै स्थानीय प्रशासनले सो स्थानमा निषेधाज्ञा लगाएको थियो ।

संघीय सरकारको भौतिक पूर्वाधार मन्त्रालयको लगानीमा सडक डिभिजन कार्यालय दमौलीले निर्माण गरेको उक्त पुलको पौडेलले उद्घाटन गर्ने तयारी गरेपछि त्यहाँ विरोध प्रदर्शन भएको थियो ।

 

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  ३ : ४४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको