५ पुस २०८२, शनिबार | December 20, 2025

संस्कृतिको साम्राज्य हारेको छैन : मन्त्री अर्याल



ललितपुर । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले संस्कृतिको साम्राज्य नहारेको बताएकी छिन् । साझा प्रकाशनको ५७ औं स्थापना दिवसको सन्दर्भमा साझा प्रकाशनले आयोजना गरेको ‘साझा प्रकाशन : आजको सन्दर्भ’ विषयक विचार गोष्ठीलाई बुधबार सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।

मन्त्री अर्यालले साझा प्रकाशनले अक्षरमार्फत नेपाली भाषा, साहित्य, कला–संस्कृति, शिक्षा र समग्र वाङ्मयको विकासका, विस्तार र उन्नयनमा उच्च भूमिका खेलेको बताइन । तर, पछिल्लो समय सरकारले दिएको जिम्मेवारी (देशब्यापी पाठ्यपुस्तक वितरण)बाट बिना विकल्प संस्थालाई कामविहीन बनाएपछि आर्थिक असन्तुलन र व्यवस्थापकीय समस्याको कारण संस्थाको स्थिती गम्भीर अवस्थामा रहेको मन्त्री अर्यालको भनाई थियो ।

‘भाषा, कला र संस्कृतिको संरक्षण र सम्वद्र्धनमा समर्पित रहेको साझा प्रकाशन साहित्यका सबै विद्या सहित–भाषा, व्याकरण, शब्दकोष, इतिहास, विज्ञान र प्रविधि, जीवनी, दर्शन, अध्यात्म लगायतका विषयमा १२ सय भन्दा बढी पुस्तक प्रकाशनको इतिहास बोकेको छ,’, मन्त्री अर्यालले भनिन, ‘भाषा, कला र संस्कृतीको साम्राज्य अझैपनि ज्यूँदैछ । हारेको छैन ।’

संस्थाको प्राण भनेको आर्थिक र प्रशासनिक व्यवस्थापकीय शिल्प भएको भन्दै मन्त्री अर्यालले यसमा देखिएका कमिकमजोरी सच्याएर साझा प्रकाशनलाई अझैपनि आकर्षक संस्था बनाउन सकिने बताइन । अर्यालले विगतको विरासत र गौरवलाई जोगाउनका निम्ति अहिलेको नेतृत्वले महत्वपूर्ण भूमिका खेल्न समेत आग्रह गरिन ।

सहकारी संस्थामार्फत सञ्चालित संस्था भएका कारण सहकारिताको मर्म, मूल्य र मान्यतामा रहेर साझा प्रकाशन सञ्चालन गर्न आग्रह गर्दै मन्त्री अर्यालले आधुनिक प्रविधिको प्रयोगद्वारा छापाखाना/प्रेस सञ्चालन गर्न समेत आग्रह गरिन् ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  ४ : ५० बजे

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश