११ श्रावण २०८१, शुक्रबार | July 27, 2024

गुणस्तरहीन तोरीको तेल उत्पादन गर्ने कैलाश उद्योगमा शिल



बागमती । अमलेखगञ्ज-हेटौँडा सडकखण्डमा लामो समयदेखि बन्द रहेको उद्योगमा अखाद्य वस्तु मिसावट गरी गुणस्तरहीन तोरी तेल उत्पादन गरी बिक्री गरेको आरोपमा कैलाश तेल मिल आज सिलबन्दी गरिएको छ ।

उपभोक्ताहित मञ्च र स्थानीय प्रशासनको सहयोगमा खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय जनकपुरबाट खटिएको टोलीले उक्त उद्योगमा सिलबन्दी गरेको हो ।

रौतहटका अशोक यादवद्वारा विगत करिब चार वर्षदेखि सञ्चालनमा रहेको सो उद्योगमा रहेको ४२७ कार्टुन प्याकिङ तेल, बाहिर पार्किङमा रहेको पेट्रोलियम ट्याङ्कर तथा अन्य प्याकिङ गर्न बाँकी रहेको सयौँ लिटर तेल बरामद भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख विजय खनालले जानकारी दिए ।

त्रिदेव ब्राण्ड नाम उल्लेख गरी गुणस्तहीन मिसावटयुक्त तोरी तेल उत्पादन गर्ने कैलाश तेल मिलको चितवन र नवलपरासीमा अत्यधिक बिक्रीवितरण गर्ने बजार क्षेत्र रहेको त्यहाँ कार्यरत मजदूरले बताएका छन् ।

उत्पादनको नाममा उद्योगले प्याकिङ मात्र गरेको र मिलले अन्य मिलको तुलनामा सस्तो मूल्यमा तेल बिक्री गर्दै उपभोक्तालाई ठग्दै आएको पाइएको बताइएको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालय नवलपरासीले पनि उक्त ब्राण्डको ७०० कार्टुन तेल नष्ट गरेको थियो । त्यहीँबाट उद्योग खोज्ने क्रममा सो उद्योग अमलेखगञ्जमा फेला परेको खनालले बताए । मिलद्वारा उत्पादित तेलको छिटो परीक्षण गरी कारवाही गरिने उनले बताए ।

उक्त टोलीले बाराको सिमरा स्वीट्स हाउसमा पनि अनुगमन गरी अत्यधिक रङ प्रयोग गरिएका खान अयोग्य रु १० हजार मूल्य बराबरको मिठाइ नष्ट गरेको जनाएको छ । रासस

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहिबार  ६ : ३१ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान