२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

गुणस्तरहीन तोरीको तेल उत्पादन गर्ने कैलाश उद्योगमा शिल



बागमती । अमलेखगञ्ज-हेटौँडा सडकखण्डमा लामो समयदेखि बन्द रहेको उद्योगमा अखाद्य वस्तु मिसावट गरी गुणस्तरहीन तोरी तेल उत्पादन गरी बिक्री गरेको आरोपमा कैलाश तेल मिल आज सिलबन्दी गरिएको छ ।

उपभोक्ताहित मञ्च र स्थानीय प्रशासनको सहयोगमा खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय जनकपुरबाट खटिएको टोलीले उक्त उद्योगमा सिलबन्दी गरेको हो ।

रौतहटका अशोक यादवद्वारा विगत करिब चार वर्षदेखि सञ्चालनमा रहेको सो उद्योगमा रहेको ४२७ कार्टुन प्याकिङ तेल, बाहिर पार्किङमा रहेको पेट्रोलियम ट्याङ्कर तथा अन्य प्याकिङ गर्न बाँकी रहेको सयौँ लिटर तेल बरामद भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख विजय खनालले जानकारी दिए ।

त्रिदेव ब्राण्ड नाम उल्लेख गरी गुणस्तहीन मिसावटयुक्त तोरी तेल उत्पादन गर्ने कैलाश तेल मिलको चितवन र नवलपरासीमा अत्यधिक बिक्रीवितरण गर्ने बजार क्षेत्र रहेको त्यहाँ कार्यरत मजदूरले बताएका छन् ।

उत्पादनको नाममा उद्योगले प्याकिङ मात्र गरेको र मिलले अन्य मिलको तुलनामा सस्तो मूल्यमा तेल बिक्री गर्दै उपभोक्तालाई ठग्दै आएको पाइएको बताइएको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालय नवलपरासीले पनि उक्त ब्राण्डको ७०० कार्टुन तेल नष्ट गरेको थियो । त्यहीँबाट उद्योग खोज्ने क्रममा सो उद्योग अमलेखगञ्जमा फेला परेको खनालले बताए । मिलद्वारा उत्पादित तेलको छिटो परीक्षण गरी कारवाही गरिने उनले बताए ।

उक्त टोलीले बाराको सिमरा स्वीट्स हाउसमा पनि अनुगमन गरी अत्यधिक रङ प्रयोग गरिएका खान अयोग्य रु १० हजार मूल्य बराबरको मिठाइ नष्ट गरेको जनाएको छ । रासस

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहिबार  ६ : ३१ बजे

“ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्छ “

काठमाडौं । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय

विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता र उपयोग गर्न महालेखाको सुझाव

काठमाडौं । त्रिभुवन विश्वविद्यालयलगायत विभिन्न विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गरी

प्रधानमन्त्रीको नाम दुरुपयोग गरी सरकारी कर्मचारीलाई धम्क्याउने युवक पक्राउ

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको नाम दुरुपयोग गर्दै सरकारी कर्मचारीलाई

वीरगञ्ज भन्सारबाट एक खर्ब ९९ अर्ब ४० करोड राजस्व सङ्कलन

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षका १० महिनामा

कुशल भुर्तेलको शतकमा नेपालद्वारा अमेरिका ९ विकेटले पराजित

काठमाडौं । ओपनर कुशल भुर्तेलको शानदार शतकीय इनिङको मद्दतमा नेपालले