२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

रोटरी अभियानमा थपियो रोटरी क्लब अफ क्यापिटल बुटवल



बुटवल । रोटरी अभियानको यात्रामा रुपन्देहीमा थप एक रोटरी क्लबको स्थापना भएको छ ।

विश्वकै एकमात्र सतप्रतिशत मेजर डोनर क्लब, रोटरी क्लब अफ सेन्ट्रल बुटवलको स्पोन्सरमा रोटरी क्लब अफ क्यापिटल बुटवलको स्थापना भएको हो ।

उक्त क्लबको बुधवार औपचारिक रुपमा शुभारम्भ गरिएको हो । रोटरी क्लब अफ बुटवल डाउनटाउन मार्फत विगत ११ वर्षदेखि रोटरी अभियानमा संलग्न दिनेश पाण्डेको अध्यक्षतामा स्थापना भएको क्यापिटल बुटवलमा विभिन्न क्षेत्रमा स्थापित ४५ जना युवाहरुको सहभागिता रहेको छ ।

क्लबको औपचारिक शुभारम्भ गर्दै रोटरी ईन्टनरनेशनल डिष्ट्रिक ३२९२ नेपाल भुटानका गभर्नर राजिव पोखरेलले रोटरी क्लबहरुको विचमा क्यापिटल बुटवलले आफुलाई फरक पहिचानका साथ स्थापित गर्नसक्नुपर्ने बताए । पोखरेलले नेपालमा करिब ५ हजार रोटरी सदस्य रहेको र यो अभियानलाई बढाउनुपर्ने बताए ।

स्पोन्सर क्लब रोटरी क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष बाबुराम भटराईको अध्यक्षता, रामप्रसाद बस्यालको स्वागत तथा गंगा प्रसाद ढकालको संचालनमा सम्पन्न भएको कार्यक्रममा क्लबका एसिष्टेन्ट गभर्नर राजकुमार गुप्ता, क्लब एड्भाईजर एजाज आलम, रोटरी क्लब अफ लुम्बिनी स्टार्सका अध्यक्ष बालकृष्ण पाण्डे लगायतले शुभकामना मन्तव्य दिंदै समुदायको आवश्यकता अनुसारका कार्यक्रम ल्याउन आग्रह गरे ।

क्लबका अध्यक्ष दिनेश पाण्डेले पछाडी परेको समुदायका आवश्यकता पुरा गर्न यसक्षेत्रका रोटरी क्लब र सरकारी निकायसंग हातेमालो गरेर अगाडी बढ्ने प्रतिवद्धता ब्यक्त गरे ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहिबार  ५ : ५७ बजे

२५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले जिते १० लाख रुपैयाँ

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो घोषणा कार्यक्रम सुरु

राप्रपाको ‘नो इन्ट्री’ निर्णयले बागमतीको सत्ता समीकरण थप पेचिलो

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश

आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक

जन्मसिद्ध नागरिकतामा फेरि कडाइ गर्न ट्रम्पको नयाँ कदम

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकताको अधिकारमा

प्रतिनिधिसभाको बैठक आज, पाँच विधेयक संसद्मा प्रस्तुत गरिने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे