२ पुस २०८२, बुधबार | December 17, 2025

रोटरी अभियानमा थपियो रोटरी क्लब अफ क्यापिटल बुटवल



बुटवल । रोटरी अभियानको यात्रामा रुपन्देहीमा थप एक रोटरी क्लबको स्थापना भएको छ ।

विश्वकै एकमात्र सतप्रतिशत मेजर डोनर क्लब, रोटरी क्लब अफ सेन्ट्रल बुटवलको स्पोन्सरमा रोटरी क्लब अफ क्यापिटल बुटवलको स्थापना भएको हो ।

उक्त क्लबको बुधवार औपचारिक रुपमा शुभारम्भ गरिएको हो । रोटरी क्लब अफ बुटवल डाउनटाउन मार्फत विगत ११ वर्षदेखि रोटरी अभियानमा संलग्न दिनेश पाण्डेको अध्यक्षतामा स्थापना भएको क्यापिटल बुटवलमा विभिन्न क्षेत्रमा स्थापित ४५ जना युवाहरुको सहभागिता रहेको छ ।

क्लबको औपचारिक शुभारम्भ गर्दै रोटरी ईन्टनरनेशनल डिष्ट्रिक ३२९२ नेपाल भुटानका गभर्नर राजिव पोखरेलले रोटरी क्लबहरुको विचमा क्यापिटल बुटवलले आफुलाई फरक पहिचानका साथ स्थापित गर्नसक्नुपर्ने बताए । पोखरेलले नेपालमा करिब ५ हजार रोटरी सदस्य रहेको र यो अभियानलाई बढाउनुपर्ने बताए ।

स्पोन्सर क्लब रोटरी क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष बाबुराम भटराईको अध्यक्षता, रामप्रसाद बस्यालको स्वागत तथा गंगा प्रसाद ढकालको संचालनमा सम्पन्न भएको कार्यक्रममा क्लबका एसिष्टेन्ट गभर्नर राजकुमार गुप्ता, क्लब एड्भाईजर एजाज आलम, रोटरी क्लब अफ लुम्बिनी स्टार्सका अध्यक्ष बालकृष्ण पाण्डे लगायतले शुभकामना मन्तव्य दिंदै समुदायको आवश्यकता अनुसारका कार्यक्रम ल्याउन आग्रह गरे ।

क्लबका अध्यक्ष दिनेश पाण्डेले पछाडी परेको समुदायका आवश्यकता पुरा गर्न यसक्षेत्रका रोटरी क्लब र सरकारी निकायसंग हातेमालो गरेर अगाडी बढ्ने प्रतिवद्धता ब्यक्त गरे ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहिबार  ५ : ५७ बजे

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको

क्यान्सर अस्पताललाई चिनियाँ सहयोग

काठमाडौं । यहाँस्थित चिनियाँ दूतावासले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर