३ चैत्र २०८२, मंगलबार | March 17, 2026

बर्दियामा कार दुर्घटना, २ जनाको मृत्यु,३ जना घाइते



बर्दिया । बर्दियामा भएको कार दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन ।

बर्दियाको गुलरिया बाट ढोढरी तर्फ जादै गरेको बा १६ च २४५३ नम्वरको कार मधुवन नगरपालिका -४ माचड चोक देखि करिब १ सय मिटर पुर्व तर्फ अनियन्त्रीत भई पल्टिदा २ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनाबाट कारमा सवार गुलरिया नगरपालिका —४ निवासी २४ वर्षिय सुरेन्द्र गोडिया र भिमदत्त नगरपालिका -६ का १८ वर्षिय निधि सुनार गम्भिर घाइते भएकमा जिल्ला अस्पताल गुलरियामा उपचारकै क्रममा दुवैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । कार दुर्घटनामा परी घाइते भएका मनोज गोडिया , राधिका सुनार र कमला सुनारलाई जिल्ला अस्पतालमा प्राथमिक उपचार गरि थप उपचारको लागी नेपालगञ्ज रेफर गरिएको छ ।

तिब्र गतिका कारण दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहिबार  ९ : ०६ बजे

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड

शान्तिपूर्ण निर्वाचनमा सहयोग गरेकामा प्रधानमन्त्री सुशीला कार्कीद्वारा एमालेप्रति आभार प्रकट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न

लुम्बिनी प्राविधिक विश्वबिद्यालयलाई खजुरामा भवन हस्तान्तरण

खजुरा । प्रदेश सरकारले बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना

चलचित्र पत्रकार संघ रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी निर्वाचित

बुटवल । चलचित्र पत्रकार संघ नेपाल रुपन्देही को अध्यक्षमा कृष्ण

राप्रपाको संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही चयन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ज्ञानेन्द्र शाही लाई