४ पुस २०८२, शुक्रबार | December 19, 2025

लुम्बिनी प्रदेशमा लैङ्गिक हिंसा विकराल बन्दै, ४ महिनामा ७३६ महिला र ८७ पुरुष लैंङ्गिक हिंसाका शिकार



बुटवल । मुलुकमा महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेका बेला लुम्बिनी प्रदेशमा मात्र चालु आर्थिक वर्षको, ४ महिनामा ८२३ वटा घरेलु लैङ्गिक हिंसा भएको तथ्याँक सार्वजानिक गरिएको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयले सार्वजानिक गरेको घरेलु लैङ्गिक हिंसामा सबैभन्दा बढी बाँकेमा २७२ लैङ्गिक हिंसाको घटना प्रहरीमा दर्ता हुन पुगेका छन् भने दोस्रोमा रुपन्देहीमा १६१ घरेलु हिंसाका घटना प्रहरीमा दर्ता भएका छन् । त्यसैगरी कपिलवस्तुमा ९१, नवलपरासीमा ८२, दाङमा ५६, बर्दियामा ३८, रोल्पाम ३४, अर्घाखाँचीमा ३२, गुल्मीका २६, पाल्पामा १४, प्यूठानमा १३ र रुकुममा ४ वटा घरेलु लैङ्गिक हिंसाका घटना प्रहरीमा दर्ता भएका छन् ।

प्रहरीले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको ४ महिनामा असोज महिनामा सबैभन्दा बढी २५८ वटा घटना भएका छन् भने श्रावणमा २१० वटा घरेलु लैङ्गिक हिंसाका घटना भएका छन् । त्यसैगरि कार्तिकमा १८४ र भाद्रमा १७१ वटा घटना दर्ता भएको लुम्बिनी प्रहरी प्रदेश कार्यालयले जनाएको छ ।

लुम्बिनी प्रदेमा ४ महिनामा ७३६ जना महिला घरेलु लैङ्गिक हिंसाबाट पीडित बन्दा ८७ जना पुरुष पनि हिंसा पीडित भएको प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ । प्रदेशमा पीडकहरुमा ६९६ पुरुष पीडकहरु अभियुक्त बनाईएका छन् भने महिला पीडकहरुको संख्या २४९ रहेको छ ।

घरेलु लैंङ्गिक हिंसाका अधिकांस उजुरीहरु मौखिक र ठाडो उजुरी आउने गरेको प्रहरीले जनाएको छ । चालु आर्थिक वर्षको ४ महिनामा ८२३ ठाडो उजुरी प्रहरी सम्म आएपनि कानुनी रितका साथ घरेलु हिंसाका १ थान मात्र मुद्दा दर्ता हुन पुगेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहिबार  ९ : २० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको