२९ माघ २०८१, मंगलबार | February 12, 2025

म्याग्दीमा बोटबाटै झर्न थाले सुन्तला



बेनी । सुन्तला बिक्री गर्ने समयमा पाक्ने बेलाका फलहरु झर्न थालेपछि म्याग्दीका किसान निराश बनेका छन् ।

कीराको प्रकोपले सुन्तला पाक्ने समयमा पहेँला भएका सुन्तला झर्ने समस्या बढेको बेनी नगरपालिका-४ बाँस्कुनाका किसान तिलक गुरुङले जानकारी दिए ।

बोटबाट बिक्री नगर्दै सुन्तला झर्न थालेपछि यसवर्ष जिल्लामा सुन्तला उत्पादनमा गिरावट आउने भएको छ । गत वर्षको तुलनामा यस वर्ष ३० देखि ४० प्रतिशत फल झरेर खेर गएको छ । गत वर्ष ४० लाखको सुन्तला निर्यात भएको बाँस्कुना क्षेत्रबाट यस वर्ष न्यून मात्रामा सुन्तला निर्यात हुने देखिएको किसान गुरुङको भनाइ छ ।

बाँस्कुना, धामडाँडा, सुर्केमेला, भकिम्ली राखु, मरेक गाउँमासमेत सुन्तलामा कीराको प्रकोप देखिएको छ । जिल्लाको अन्नपूर्ण, रघुगङ्गा, मङ्गला र मालिका गाउँपालिकाका सुन्तला बगैँचामासमेत कीराको प्रकोप देखिन थालेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत रहेको सुन्तला जोन सञ्चालक समन्वय समितिका संयोजक खिमबहादुर पुनले जानकारी दिए ।

सुन्तलाको व्यवसायीकरणमा सघाउन जोन परियोजना कार्यान्वयनमा ल्याइएको भए पनि रोक र सङ्क्रमण व्यवस्थापनमा परियोजनाले ध्यान नदिएको किसानको गुनासो छ । बोटबाट रोग सङ्क्रमित भएर झरेका फलमा हुने कीराका लार्भा माटोभित्र जाने खतरा हुने र यसको प्रकोप नियन्त्रण बाहिर जान सक्ने खतरा रहेकाले झरेका फलको व्यवस्थित व्यवस्थापन र नष्ट गर्न कृषि विज्ञको सुझाब छ ।

अहिले झरेका फलहरुको कीरा व्यवस्थापन नगरे केही वर्षमै यस क्षेत्रबाट सुन्तलाखेती लोप हुने खतरा रहेको जानकार बताउँछन् । कृषि ज्ञान केन्द्र म्याग्दीले जिल्लामा सुन्तला बगैँचामा कीराको प्रकोप बढेको भन्दै किसानलाई झरेका फललाई व्यवस्थित व्यवस्थापन गर्न आग्रह गरेको छ । झरेका फलबाट थप अन्य बोटमा समेत कीरा फैलने भएकाले कार्यालयले झरेका फललाई व्यवस्थापन गर्न अनुरोध गरेको हो ।

जमिनको सतहबाट एक फुट गहिरो खाडल खनेर प्लाष्टिकको झोलामा राखेर माटोले पुर्नुपर्ने भएकाले किसानलाई निःशुल्क प्लाष्टिकको झोला उपलब्ध गराइएको कृषि ज्ञान केन्द्रका कृषिप्रसार अधिकृत गोविन्द पाण्डेले जानकारी दिए ।

उनका अनुसार, म्याग्दीमा यस वर्ष सुन्तलाको फल ठूला लागे पनि कीराको प्रकोपले २५ प्रतिशतसम्म उत्पादन घट्ने अनुमान गरिएको छ । कार्यालयले स्थलगत रुपमा किसानका बगैँचामा पुगेर प्रकोपको अध्ययन र निरीक्षण गरेको र फल टिपिसकेपछि रोकथामका लागि आवश्यक कदम चाल्ने योजना बनाएको जनाइएको छ ।

जिल्लाको ६ वटै स्थानीय तहको ७०६ हेक्टर जमिनमा सुन्तलाखेती विस्तार भएको छ । गत वर्ष दुई हजार ४१२ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । रासस

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ६ : २० बजे

खुकुरी प्रहार गरी दुई जनाको हत्या, आरोपित व्यक्तिको शव भेटियो

रूकुम पश्चिम । रूकुम पूर्वको भूमे गाउँपालिका–४ को साकिममा आठ

सामाजिक सञ्जालसम्बन्धी विधेयक ‘जसरी पनि’ संसदबाट पास गर्छौं : सञ्चारमन्त्री गुरूङ

काठमाडौँ । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सामाजिक सञ्जाल नियमनसम्बन्धी

माओवादी केन्द्रलाई सरकारमा जाने हतार छैन : दीनानाथ शर्मा

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव एवं गण्डकी

बाबुको हत्या आरोपमा छोरा–बुहारीसहित ६ जना पक्राउ

इलाम । इलाममा बाबुको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका

जापान पठाइदिने भन्दै १ करोड २३ लाख ठगी गर्ने युवती बाँकेबाट पक्राउ

नेपालगन्ज । जापान पठाईदिने भन्दै बिभिन्न ब्यक्तिहरुबाट करोड बढी उठाएर