४ श्रावण २०८३, सोमबार | July 20, 2026

रुपन्देहीमा श्रोत नखुलेको २४ लाख सहित १ जना पक्राउ



रुपन्देही प्रहरीले श्रोत खुल्न नसकेको २४ लाख रकम सहित एकजनालाई पक्राउ गरेको छ । भारतको सुनौलीबाट नेपालको भैरहवा आउँदै गरेका रुपन्देहीको सम्मरीमाई गाउंपालिका-६ का प्रमोद कुमार गुप्तालाई प्रहरीले श्रोत नखुलेको २४ लाख सहित पक्राउ गरेको हो ।

गुप्ताले चढेर आएको लु.४३प १२३१ नम्वरको मोटरसाईकल तथा गुप्तालाई भैरहवा बसर्पाक ननिकै नियमित प्रहरी चेकजाँचको टोलिले खानतलासी गर्दा उनीबाट सो रकम बरामद भएको रुपन्देही प्रहरीले जनाएको छ । मोटरसाईकलको बाँया लेगार्डमा झुण्ड्याई राखेको सेतो रङको सिन्थेटिक प्लाष्टिकको बोरामा बण्डल बनाएर ल्याएको ५०० र १०००को नेपाली नोटको गड्डी फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता नायव प्रहरी उपरिक्षक सत्यनारायण थापाले जानकारी दिए । प्रहरीले गुप्तासँगबाट नेपाली रुपैयाँ ५००।– दरको नोट थान २६०२ थान बाट हुन आउने १३,०१,०००। (तेह्र लाख एक हजार) तथा १०००।– दरको नोट थान १०९९ थानबाट हुन आउने रु.१०,९९,०००। (दश लाख उनान्सय हजार) गरी जम्मा २४,००,०००।–्(चौविस लाख रुपैया) बरामद गरेको छ ।

नगद सहित प्रहरी नियन्त्रणमा रहेका गुप्तालाई सोधपुछ गर्दा सो रकमको श्रोत नखुलेका हुँदा हिरासतमा राखि गुप्ताको अनुसन्धान भईरहेको डीएसपी सत्यनारायण थापाले बताए । उनीसंग भेटिएको रकमको श्रोत नखुलेपछि गुप्तालाई थप अनुसन्धान सहित कारवाहीका लागि बुटवल स्थित आन्तरिक राजश्व कार्यालय रूपन्देहीमा पठाईएको प्रहरीले जानकारी दिएको छ । ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ११ : २० बजे

कञ्चनपुरमा च्याउ टिप्न जंगल गएका १४ महिला सम्पर्कविहीन, सेना-प्रहरीद्वारा खोजी तीव्र

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका १४ जना महिला च्याउ टिप्न

फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध

चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–२ फिस्लिङको पानीधारा र चुमखोलामा

निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत

चितवन । चितवन राष्ट्रिय निकुञ्ज आसपासमा रहेका बस्तीमा वन्यजन्तुले पु¥याएको

साउनको पहिलो सोमबार, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो

काठमाडौं । यस वर्षको साउनको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथलगायत

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई स्तब्ध बनाउँदै स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि

काठमाडौं । साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० गोलले पराजित