४ पुस २०८२, शुक्रबार | December 20, 2025

बर्दिया र दाङका २ जना कोरोना संक्रमितको बाँकेमा मृत्यु



नेपालगन्ज । बाहिरी जिल्लाबाट बाँकेमा उपचारका लागि आएका २ जना कोरोना संक्रमितको गयराती पनि बाँकेमा मृत्यु भएको छ । बर्दिया र दाङबाट उपचारका लागि बाँके आएका २ जना संक्रमितको एकजनाको भेरी अस्पताल र एक जनाको नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको हो ।

कोभिड १९ संकट ब्यवस्थापन केन्द्र डीसीसीएमसी बाँकेका अनुसार बर्दिया गुलरिया नगरपालिका -७ का ७२ वर्षीय पुरुषको गयराती २ः१५ बजे मृत्यु भएको छ भने दाङ तुलसीपुर उपमहानगरपालिका -१८ का ७० वर्षीय पुरुषको पनि आज बिहान ६ः४५ बजे मृत्यु भएको छ ।

बर्दियाका संक्रमित मंसिर ११ देखि नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचाररत थिए । उनलाई प्लाज्मा, रेम्डिीशिबिर, अक्सिजन लगातको बिधिबाट उपचार गर्ने क्रममा मृत्यु भएको डीसीसीएमसी बाँके एवं स्वास्थ्य कार्यालय बर्दियाका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए । त्यसैगरि दाङ तुलसीपुर १८ का संक्रमित मंसिर १५ देखि नेपालगन्ज मेडिकल कलेजमा भर्ना भई उपचाररत थिए । उनलाई पनि प्लाज्मा, रेम्डिशिबिर सहितको उपचार बिधि अपनाईएको तर बचाउन नसकिएको श्रेष्ठले बताए ।

आज मृत्यु भएसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचारका लागि पुगेर मृत्यु हुनेको संख्या ६१ पुगेको छ । बर्दियामा मात्र आज सम्म मृत्यु हुने कोरोना संक्रमितको संख्या १४ पुगेको छ ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ९ : ५९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको