१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

महिलालाई आत्मरक्षा तालिम



बुटवल । रुपन्देही स्कुल तेक्वान्दो विकास समिति र सहस्रनगर युवा परिवारको आयोजनामा शनिबार लुम्बिनी बोर्डिङ स्कुल प्राणगढमा एक दिने प्रशिक्षण कार्यक्रम गरिएको छ ।

तालिमको लुम्बिनी प्रादेशिक अस्पतालका संचालक समितिका सदस्य रिज्जु श्रेष्ठ, वडा न नं ३ का कार्यवाहक अध्यक्ष चिन बहादुर गुरुङ, वडा सदस्य सरस्वती कुवर, गोमा बिक, लिला श्रेष्ठ, क्याम्पो खुकुरी मार्शल आर्ट संघ केन्द्रीय उपाध्यक्ष विष्णु ढकाल, प्रदेशका कोषाध्यक्ष रमेश न्यौपानेले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

स्कुल समितिका अध्यक्ष राजकुमार पाण्डे र सचिव राजिवसिह क्षेत्रीले सहभागिहरुलाई आत्मरक्षाबारे प्रशिक्षण दिएका थिए । तालिममा वडा नं ३ का करीब ५० जना महिलाहरुको सहभागिता रहेको थियो ।

आक्रमण हुदा कसरी रोक्ने, हान्ने र छेक्ने जस्ता विभिन्न विधि प्रशिक्षणमा सिकाईएको थियो । कार्यक्रममा चिडियाखोला आमा समुह र सहस्र नगर आमा समुहका पदाधिकारीहरु समेत महिलाहरुको सहभागिता रहेको थियो ।

स्कुल समितिका अध्यक्ष राजकुमार पाण्डेले करीब २ वर्षदेखि निरन्तर विद्यालय, स्थानिय पालिकाहरुमा आत्मरक्षाका कार्यक्रमहरु चलाउदै आएको बताए ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  २ : ४२ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना