२९ बैशाख २०८२, सोमबार | May 12, 2025

पर्याप्त वर्षात भएपनि मल अभावका कारण बर्दियामा धानको उत्पादन घट्यो



बर्दिया । देशभरी धानको उत्पादन बढेको तथ्याङ्क आईरहेको समयमा बर्दियाका कृषकहरुले रासायनीक मलको अभावमा धानको उत्पादन घटेको बताएका छन् । बर्दियामा भएको एक कार्यक्रममा सहभागी कृषकले समय मै रासायनीक मल नपाउँदा धानको उत्पादन घटेको बताएका हुन् ।

बर्दियाको मुधवननगरपालिका ७ मा रहेको ताराताल साना किसान कृषि सहकारी संस्था लिमिटेडको २३ औं बार्षिक साधारण सभामा उपस्थित कृषहरुले मल नपाएकै कारण अघिल्लो वर्षको तुलनामा धानको उत्पादन घटेको गुनासो गरे । उनीहरुले सिमामा राज्यले सिल गरेका कारण अबैधरुपमा भारतीय बजारबाट मल पैठारी समेत गर्न नपाएको बताउंदै सास्ती खेपेर मल भित्राएका किसानका्े मल समेत स्थानीय प्रशासनले जफत गरिदिंदा धान उत्पादनमा नकारात्मक प्रभाव परेको बताए ।

कार्यक्रममा बोल्दै मधुवन ७ का कृषक गंगाराम गुरुङ्गले मल नपाएको कारणले धानको उत्पादन गतबर्षको तुलनामा कम भएको बताए । ‘गतबर्षको भन्दा बर्षात र सिचाई राम्रो भएपनि यस बर्ष धान राम्रो सँग फलेन । उनले भने – मल नै पाईएन कसरी धान फल्नु ?’

संघिय सांसद विमला वि.क.ले यस बर्ष कृषकहरुलाई रासायनीक मलको अभावमा निक्कै सास्ती भएको बताईन् । कृषी मन्त्रालयमा पटक पटक धाउँदा समेत कृषकहरुलाई मल पुर्याउन नसकेको बताउँदै साँसद बिकले आगामी बर्षमा रासायनीक मलको समस्या हुन नदिन सरकारले अहिले देखि नै तयारी थालेको जानकारी दिईन् । उनले रासायनीक मलको दिर्घकालिन समस्या समाधानका लागि अर्थमन्त्रीको नेतृत्वमा समिति समेत बनेको बताउँदै आगामी केही समयमा नेपाल मै रासायनीक मल उत्पादन गर्ने तयारी भएको बताईन् ।

मधुवन नगरपालीकाका नगर प्रमुख गणेश बहादुर क्षेत्रीले सम्पूर्ण नगरपालिकाभित्र रहेका सहकारीलाई सहयोग गर्न मधुवन नगरपालिका तयार रहेको बताए । उनले संस्था लाभदायिक भन्दापनि सेवामुखी बढी हुनुपर्नेमा जोड दिए ।

सहकारीलेले शेयर सदस्याका छोराछोरीहरुलाई प्रत्येक बर्ष ४ जनालाई कृषि सम्बन्धिअध्ययनकालागि इजरायलमा पठाउदै आएको छ । हाल सम्म यस सहकारीबाट २४ जना कृषि सम्बन्धि अध्ययनका लागि इजरायल गई सकेका छन् भने हरेक बर्ष यस सहकारीले जेष्ठ नागरीक, उत्कृष्ट कृषक, उत्कृष्ट एस ई ई का विद्यार्थी, उत्कृष्ट ऋणीलाई समेत सम्मान गर्ने गरेको छ ।

 

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ९ : ०० बजे

राष्ट्रपतिद्वारा बौद्धस्थित ल्हाखाङ गुम्बामा पूजा, आराधना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलले पच्चीस

वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई

बुद्धले सामाजिक अन्याय, अन्धविश्वासविरुद्ध शान्तिपूर्ण विचार-क्रान्तिको सूत्रपात गरेका थिए : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार गौतम बुद्ध : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैको मनमा शान्ति, व्यवहारमा

गौतमबुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न राष्ट्रपतिद्वारा आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिका प्रतीकका रूपमा सम्मान गरिने