११ श्रावण २०८३, सोमबार | July 28, 2026

पर्याप्त वर्षात भएपनि मल अभावका कारण बर्दियामा धानको उत्पादन घट्यो



बर्दिया । देशभरी धानको उत्पादन बढेको तथ्याङ्क आईरहेको समयमा बर्दियाका कृषकहरुले रासायनीक मलको अभावमा धानको उत्पादन घटेको बताएका छन् । बर्दियामा भएको एक कार्यक्रममा सहभागी कृषकले समय मै रासायनीक मल नपाउँदा धानको उत्पादन घटेको बताएका हुन् ।

बर्दियाको मुधवननगरपालिका ७ मा रहेको ताराताल साना किसान कृषि सहकारी संस्था लिमिटेडको २३ औं बार्षिक साधारण सभामा उपस्थित कृषहरुले मल नपाएकै कारण अघिल्लो वर्षको तुलनामा धानको उत्पादन घटेको गुनासो गरे । उनीहरुले सिमामा राज्यले सिल गरेका कारण अबैधरुपमा भारतीय बजारबाट मल पैठारी समेत गर्न नपाएको बताउंदै सास्ती खेपेर मल भित्राएका किसानका्े मल समेत स्थानीय प्रशासनले जफत गरिदिंदा धान उत्पादनमा नकारात्मक प्रभाव परेको बताए ।

कार्यक्रममा बोल्दै मधुवन ७ का कृषक गंगाराम गुरुङ्गले मल नपाएको कारणले धानको उत्पादन गतबर्षको तुलनामा कम भएको बताए । ‘गतबर्षको भन्दा बर्षात र सिचाई राम्रो भएपनि यस बर्ष धान राम्रो सँग फलेन । उनले भने – मल नै पाईएन कसरी धान फल्नु ?’

संघिय सांसद विमला वि.क.ले यस बर्ष कृषकहरुलाई रासायनीक मलको अभावमा निक्कै सास्ती भएको बताईन् । कृषी मन्त्रालयमा पटक पटक धाउँदा समेत कृषकहरुलाई मल पुर्याउन नसकेको बताउँदै साँसद बिकले आगामी बर्षमा रासायनीक मलको समस्या हुन नदिन सरकारले अहिले देखि नै तयारी थालेको जानकारी दिईन् । उनले रासायनीक मलको दिर्घकालिन समस्या समाधानका लागि अर्थमन्त्रीको नेतृत्वमा समिति समेत बनेको बताउँदै आगामी केही समयमा नेपाल मै रासायनीक मल उत्पादन गर्ने तयारी भएको बताईन् ।

मधुवन नगरपालीकाका नगर प्रमुख गणेश बहादुर क्षेत्रीले सम्पूर्ण नगरपालिकाभित्र रहेका सहकारीलाई सहयोग गर्न मधुवन नगरपालिका तयार रहेको बताए । उनले संस्था लाभदायिक भन्दापनि सेवामुखी बढी हुनुपर्नेमा जोड दिए ।

सहकारीलेले शेयर सदस्याका छोराछोरीहरुलाई प्रत्येक बर्ष ४ जनालाई कृषि सम्बन्धिअध्ययनकालागि इजरायलमा पठाउदै आएको छ । हाल सम्म यस सहकारीबाट २४ जना कृषि सम्बन्धि अध्ययनका लागि इजरायल गई सकेका छन् भने हरेक बर्ष यस सहकारीले जेष्ठ नागरीक, उत्कृष्ट कृषक, उत्कृष्ट एस ई ई का विद्यार्थी, उत्कृष्ट ऋणीलाई समेत सम्मान गर्ने गरेको छ ।

 

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ९ : ०० बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला