१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

एन्फा बाँकेद्धारा क्लबहरुलाई फुटबल वितरण



नेपालगन्ज । बाँके जिल्ला फुटबल संघले आफना मातहतका क्लबलाई फुटबल वितरण गरेको छ । संघसँग आवद्ध ११ क्लबलाई एक कार्यक्रमका बिच फुटबल हस्तान्त्रण गरेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को सहयोगमा बाँके जिल्ला फुटबल संघले प्रत्येक क्लबलाई चारवटा फुटबल प्रदान गरेको हो । नेपालगन्जको धम्बोझी स्थित ग्रासरुट फुटबल एकेडेमीमा भएको कार्यक्रममा एन्फाका पुर्व उपाध्यक्ष गोवर्धन सिंह सम्झना, आयोजक बाँके जिल्ला फुटबल संघ अध्यक्ष भोजराज शाही, उपाध्यक्ष नगिना श्रेष्ठ, तथा सचिव गोविन्द प्रसाद श्रेष्ठले क्लबका प्रतिनिधिलाई फुटबल हस्तान्तरण गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि पुर्व उपाध्यक्ष गोवर्धन सिंह सम्झनाले कोरोनाको महामारीले पारेको प्रभावको सामना गर्दै फुटबल गतिविधि सुरु हुनु पर्ने बताए । उनले भने, ‘जिल्ला संघले क्लबलाई फुटबल दिनु सकारात्मक कुरा हो । यसले अब फुटबल गतिविधि सुरु भएको छ भन्ने सन्देश दिएको छ । फुटबललाई सक्रिय बनाउन अब सबै क्लब, संघका पदाधिकारीले मिहिनेत गर्न जरुरी छ ।’

नेपालको पश्चिम क्षेत्र फुटबल स्तर र राजनितिक रुपमा पनि पछि परेको बताउँदै उपाध्यक्ष सम्झनाले अब संघको नेतृत्वले यस क्षेत्रको फुटबलको विकासका लागि धेरै मिहिनेत गर्न आवश्यक देखिएको बताए । उनले भने, ‘विगतमा भेरी च्यालेन्ज कप यहाँको चर्चित प्रतियोगिता थियो । यसले धेरै उत्कृष्ट खेलाडी जन्माएको थियो । तर पछिल्ला वर्ष हामी कमजोर देखिएको छौं । हामीसँग एउटा गोल्डकप फुटबल बाहेक अन्य राम्रा प्रतियोगिता छैनन । संघले मात्र एक्लै गरेर केहि हुदैन । स्रोत साधन भएका क्लबले व्यवस्थापनलाई बलियो बनाएर स्तरीय प्रतियोगिता गर्ने प्रयास गर्नु र्छ ।’

बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले कोरोनाको संकटका बिच बाँकेमा अब फुटबलले गतिले लिने बताए । संघले बाँकेमा फुटबलको विकासका लागि हरेक क्लब र खेलकर्मीसँग सहकार्य गरेर अगाडी बढने उनले बताए । शाहीले भने, ‘अहिले विश्वले संकटको सामना गरेको छ । यस्तो बेला फुटबलले जनतामा एउटा खुसी हुने वातावरण सृजना गर्न सक्छ । हामी फुटबलको माध्यमबाट समाजमा एउटा हौसला, नयाँ उत्साह जगाउने प्रयास गर्नेछौं ।’

केहि वर्ष पहिले सम्म बाँकेमा नेपालगन्ज रङ्गशालामामात्र निर्भर रहनु पर्ने अवस्था रहेको उल्लेख गर्दै शाहीले धम्बोझीमा एउटा उत्कृष्ट एकेडेमी निर्माण भएको र खजुराको फुटबल मैदानको स्तर बढिरहेका कारण खेलको बिकासमा असहज नहुने बताए ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ९ : १८ बजे

हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै फागुपूर्णिमा पर्व

काठमाडौं । फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी

निर्वाचन आउन तीन दिन बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौं । निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने

हरिहरपुरगढीमा श्रीमानद्वारा श्रीमतीको हत्या

सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ रानीपानीमा श्रीमानले बन्चरो प्रहार गरी

कांग्रेसले भ्रष्टाचारको छानबिन आफैँबाट सुरु गर्छ : उपसभापति शर्मा

भक्तपुर । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारको नेतृत्वमा आएपछि

चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह

बेइजिङ । अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणमा इरानी सर्वोच्च