३ फाल्गुन २०८१, शनिबार | February 16, 2025

बाँकेबाट भोजराजले दिए एन्फा केन्द्रीय सदस्यमा उम्मेदवारी



नेपालगन्ज । बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले आसन्न अखिल नेपाल फुटबल संघ(एन्फा)को निर्वाचनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन । उनले शुक्रबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन । शुक्रबार एन्फाको अध्यक्षका लागि पंकज विक्रम नेम्वाड सहित ५ जनाले केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका छन ।

पश्चिम क्षेत्रको फुटबल विकासमा नेतृत्वदायी भुमिका खेलेका बाँके अध्यक्ष शाहीले विगत २५ वर्ष देखी बाँके जिल्ला फुटबल संघको विभिन्न पदमा रहेर काम गरेका छन । बाँके जिल्ला फुटबल संघमा सदस्यको रुपमा काम गरेका शाहीले दुइ कार्यकाल महासचिव र तेस्रो कार्यकालका लागि अध्यक्ष भएर नेतृत्व गरिरहेका छन ।

बाँके जिल्लामा सुरुआतमा उनले ओशोनिक क्लब मार्फत ग्रासरुट कार्यक्रम संचालन गरेका थिए । जसले बाँकेमा आधा दर्जन खेलाडीलाई नेपाली महिला टोलीसम्म पुग्न सहयोग गरेको थियो । नेपालगन्जमा फुटबलका भौतिक पुर्वाधार, एन्फा ग्रास रुट फुटबल मैदान निर्माण, नेपालगन्ज गोल्ड फुटबलको सुरुआतमा उनको नेतृत्वमा भएको थियो ।

पश्चिम क्षेत्रमा फुटबलको विकासमा शाहीलाई कुशल नेतृत्वका रुपमा चिनिन्छ । नेपाली फुटबललाई अनुशासित रुपमा गतिशिलता प्रदान गर्न आफुले उम्मेदवारी दिएको अध्यक्ष शाहीले बताए । उनले भने,‘ समाज परिवर्तन गर्न, देशको प्रतिष्ठा बढाउन फुटबलले महत्वपुर्ण भुमिका खेलेको हुन्छ । तर पश्चिम नेपालमा हामीले सोचेजस्तो विकास गर्न सकेको छैनौं । थुप्रै समस्या र चुनौति छन हामीसँग । हामीले राम्रो गरेको जिल्ला र क्लबको अनुभवबाट सिक्दैं पश्चिम क्षेत्र फुटबलको विकास गर्न जरुरी छ ।’

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  १० : ०४ बजे

पाल्पामा ११ महिनामा ‘साइबर’ अपराधका ५३ उजुरी

पाल्पा । जिल्लामा ११ महिनाको अवधिमा ‘साइबर’ अपराधका ५३ उजुरी

‘वर्षा हुने बलियो मौसम प्रणाली छैन’

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीका कारण आज काठमाडौँ उपत्यकासहित

पेट्रोलको मूल्य बढ्यो, डिजेल/मट्टीतेलको घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छभने डिजेल

बाँकेमा १५ वर्षिया किशोरी बलात्कृत, अत्याधिक रक्तश्राव भएपछि अस्पताल भर्ना, एकजना पक्राउ

नेपालगन्ज । बाँकेको नरैनापुरमा एकजना १५ वर्षिय किशोरी बलात्कृत भएकी

पत्रकार महासंघको वनभोजमा डुडुवाको प्रतिबद्धता : महासंघ भवनमा सेमिनार हल बनाईदिने

नेपालगन्ज । लामो समयदेखि निरन्तरता पाउन नसकेको बाँकेका पत्रकारहरुबीचको पत्रकार