३० श्रावण २०८३, शनिबार | August 16, 2026

नितु शाह चन्दको अध्यक्षतामा बाँके जिल्ला महिला फुटबल समिति गठन



नेपालगन्ज । नितु शाहचन्दको अध्यक्षतामा बाँके जिल्ला महिला फुटबल समिति गठन गरिएको छ । सोमबार बाँके जिल्ला फुटबल संघको बैठकले नितुको नेतृत्वमा महिला फुटबल समिति गठन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा पुर्व फुटबल खेलाडी नागिन देवी श्रेष्ठ र महासचिवमा सुमित्रा लामिछानेलाई मनोनित गरिएको अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य एवम् बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिए ।

महिला फुटबलको विकासको लागि काम गर्ने उद्देश्यले महिला समिति गठन गरिएको शाहीले जनाए । उनले भने,‘बाँकेमा महिला फुटबलको इतिहास गर्विलो छ । यहाँबाट उत्पादन भएका खेलाडीले राष्ट्रिय टिमको समेत नेतृत्व गर्ने अवसर पाएका छन् । तर पछिल्लो समय महिला खेलाडीहरुले धेरै अवसर पाउनु भएको छैन । महिला फुटबलको विकासमा समितिलाई सक्रिय बनाउँदै फुटबलको स्तर बढाउने उद्देश्यले समिति गठन गरिएको हो ।’

समितिमा अध्यक्षको जिम्मेवारी पाएकीे नितु शाह चन्द महिला उद्यमी संघ नेपाल बाँकेको सचिव तथा पुर्व खेलाडी हुन् भने वरिष्ठ उपाध्यक्ष नागिन बाँके जिल्ला फुटबल संघको पुर्व उपाध्यक्ष एवम् पुर्व खेलाडी हुन् । त्यस्तै महासचिव सुमित्रा पनि यस क्षेत्रको चर्चित खेलाडी हुन् । सुमित्रा र नागिनले तत्कालिन मध्यपश्चिम, भेरी र बाँके जिल्लाको टिमको प्रतिनिधित्व गर्दै फुटबल खेलेका थिए ।

महिला फुटबल खेलाडीलाई नयाँ अवसर दिलाउँदै फुटबलको विकासमा सक्रिय भएर सामुहिक भावनाले काम गर्ने नितु शाह चन्दले बताइन् । उनँले भनिन्,‘यो हाम्रो लागि महत्वपुर्ण अवसर हो । यसका लागि बाँके जिल्ला फुटबल संघलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु । फुटबलको विकासमा सबैसँग सहकार्य गरेर नयाँ उपलब्धी हासिल गर्न समितिले योजना बनाएर काम गर्नेछ ।’

यसैगरी बाँके जिल्ला फुटबल संघले लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको लागि टिम तयारी सुरु गर्ने निर्णय गरेको छ । आगामी फागुन १९ देखि २९ गते सम्म नेपालगन्ज रंगशालामा प्रथम लुम्बिनी कप महिला फुटबल प्रतियोगिता हुँदैछ । प्रतियोगितामा नेपाल र भारतका गरी ८ टिमको सहभागिता हुँदैछ । उक्त प्रतियोगितामा बाँके जिल्लाको टिमलाई सहभागि गराउनको लागि तयारी सुरु गर्ने संघले निर्णय गरेको छ ।

 

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ७ : ३२ बजे

पाटन बारको अध्यक्षमा निरौला विजयी

काठमाडौँ । उच्च अदालत बार एसोसिएसन नयाँ पदाधिकारीका लागि आज

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

खजुरा क्यान्सर अस्पतालमा आजबाट दैनिक नित्यपूजा अर्चना सहित स्वास्थ्यलाभका लागि प्रर्थना गरिने

नेपालगन्ज । धार्मिक अनुष्ठानबाट संकल्प गरिएको बाँकेको खजुरा स्थित सुशील

सरकारको विश्वसनीयता खस्किदै गएको छ : वरिष्ठ उपाध्यक्ष बैद्य

नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको ३४ र ३५ ओै

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो