१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

भैरहवास्थित भीम अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु



बुटवल । रुपन्देहीमा कोरोना भाइरसको संक्रमणबाट अर्का एक जनाको मृत्यु भएको छ ।

तिलोत्तमा नगरपालिका वडा नं. १४ का ८४ वर्षीय वृद्धको आइतबार बिहान ९ बजेर २४ मिनेटमा मृत्यु भएको छ ।

स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि भैरहवास्थित भीम अस्पताल पुगेका ती वृद्धको पीसीआर परीक्षण गर्दा यही मंसिर १० गते कोरोना पोजेटिभ देखिएको थियो ।

त्यसपछि उनलाई सोही दिन अस्पतामा भर्ना गरेर उपचार गरिँदै आएको थियो । तर, उपचारकै क्रममा उनको आइतबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले जानकारी दिएका छन् ।

ती वृद्धलाई पहिलेदेखि नै निमोनिया, प्रोस्टेट, पत्थरी लगायतको समस्या रहेको डा. पोखरेलले बताएका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ११ : ५२ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम