२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

गोरखा अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित



गाेरखा । स्वास्थ्यकर्मीमाथि हातपात र दुर्व्यवहार गरेको भन्दै गोरखा अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित बनेका छन ।

उनीहरूले आकस्मिकबाहेकका अन्य सेवा बन्द गरेका छन् । अस्पतालमा उपचाररत सुत्केरीको सेवालाई लिएर विवाद उत्पन्न हुँदा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको थियो ।

विवादमा स्वास्थ्यकर्मीमाथि हातपातसमेत भएको अस्पताल विकास समिति कर्मचारी यूनियन एकाइ कार्यसमितिका अध्यक्ष चिजकुमार श्रेष्ठले बताए ।

चिकित्सकहरूले स्वास्थ्यकर्मीमाथि हातपात एवं दुव्र्यवहार गर्नेलाई कानुनी कारवाही नभएसम्म आकस्मिकबाहेकका सबै सेवा बहिष्कार गर्ने बताएका छन् । उनीहरूले आइतबार बिहान काम छोडेर अस्पताल परिसरमा भेला भएर विरोध जनाएका थिए।

डा. सन्दीप श्रेष्ठले आफूमाथि दुर्व्यवहार भएको बताए । उनले आफूमाथि दुर्व्यवहार भएको भन्दै छानबिनका लागि अस्पताल प्रशासनसँग निवेदन दिएका छन् । भीडभाडमा स्वास्थ्यकर्मीमाथि केही व्यक्तिले हातपात गरेको र कसले हो भन्ने यकिन नभएको उनले बताए ।

शनिबार बिहान गोरखा नगरपालिका-३ घलाङकी सुत्केरीलाई भेट्न उनका पति देवेन्द्रजंग कुँवर आएका थिए । उनी पटक–पटक प्रसूति वार्डमा आएपछि त्यसो नगर्न चिकित्सकले सुझाएका थिए ।

त्यही क्रममा विवाद हुँदा चिकित्सकमाथि हातपात भएको समितिका अध्यक्ष श्रेष्ठले बताए । विवादपछि उनका आफन्तले बाहिरबाट मान्छे बोलाएर कार्यकक्षमै चिकित्सकमाथि हातपात र दुर्व्यवहार भएको उनले बताए ।

देवेन्द्रले भने आफूमाथि अभद्र व्यवहार गरेपछि विवाद भएको जवाफ दिएका छन । घटनाको छानबिन गर्नका लागि समिति गठन गरिएको छ ।

अस्पताल व्यवस्थापन समितिको आइतबार बसेको बैठकले भाइचन्द्र श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ७ : ३५ बजे

हिमालचुलीको रोयल्टी समयमै विभाज्य कोषमा जम्मा गर्न पर्वतारोहण सङ्घलाई आग्रह

काठमाडौं । पर्वतारोहण रोयल्टीबापत जम्मा भएको रकम विभाज्य कोषमा जम्मा

मुस्ताङका तीन पालिकामा वन्यजन्तुको आक्रमणबाट २३९ पशुधनको क्षति

मुस्ताङ । पछिल्लो चारवर्षमा यहाँका तीन पालिकामा वन्यजन्तुुको आक्रमणबाट २३९

अमेरिकाले नेपाललाई जितका लागि दियो १९६ रनको लक्ष्य

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आजको खेलमा अमेरिकाले

चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण

बेइजिङ । चीनले शुक्रबार ‘लिजियान’ वाहक रकेट प्रक्षेपण गर्दै पाँचवटा

नेपाल-बङ्गलादेश सांस्कृतिक सम्बन्ध प्रवर्द्धन गर्न ‘नेपाल फेस्टिभल’

काठमाडौं । बङ्गलादेशस्थित नेपाली राजदूतावासले बङ्गलादेश–नेपाल फ्रेन्डसिप सोसाइटीसँगको सहकार्यमा ढाकास्थित