२१ आश्विन २०८३, बुधबार | October 7, 2026

दार्चुलामा ट्रक दुर्घटना हुदा तीनजनाको घट्नास्थलमै मृत्यु



दार्चुला । दार्चुलामा गएराती ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

गोकुलेश्वरबाट सदरमुकाम खलंगा तर्फ गैरहेको ना ३ ख ३४८५ नम्बरको ट्रक मालिकार्जुन गाउँपालिका १ भर्तोला भन्ने स्थानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख पदमबहादुर विष्टले जानकारी दिएका छन ।

दुर्घटनामा परि तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक २४ वर्षीय शेर सिंह कार्कीको परिचय खुलेको छ भने बाँकी दुई जनाको परिचय खुल्न बाँकी रहेको प्रहरीले बताएको छ ।

गएराति १० बजे ट्रक दुर्घटनामा परेको खबर प्रहरीलाई आएपछि धाप प्रहरी चौकी र दत्तु प्रहरी चौकीलाई दुर्घटना स्थलमा परिचालन गरिएको थियो ।

प्रहरी टोलीले आज विहान तीन बजे उद्धार गरि शवहरु जिल्ला अस्पताल पुर्याइएको डिएसपी विष्टले बताए । ट्रक सडकबाट झण्डै १२० मिटर तल खोल्सामा खसेको थियो ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ८ : ४२ बजे

कांग्रेस महाधिवेशन : चार वटा प्रतिवेदन पारित हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिन बन्दसत्र

एमाले स्थायी कमिटीको पहिलो बैठक आज, वरिष्ठ नेता विद्या भण्डारी सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटीको पहिलो बैठक बिहीबार बस्दैछ

मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीमा तीन मोटरेबल निर्माण

कास्की । राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा

लुम्बिनीसहित विभिन्न प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । आज देशका विभिन्न प्रदेशमा मेघगर्जन, चट्याङ, हावाहुरी र

कांग्रेस १५औँ महाधिवेशन : पहिलो नामावली सार्वजनिक, आज दाबी-विरोध

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि