१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

फेरी बढ्यो सेयर बजार, बजार पूँजीकरण २७ खर्ब नजीक



काठमाडौ ।  शेयर बजारमा कारोबार मापक नेप्से परिसूचक लगातार उकालो लाग्दा बजार पूँजीकरण झण्डै रु २७ खर्ब बराबरको भएको छ । शेयर बजारमा बजार पूँजीकरणको ठूलो महत्व रहन्छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आजको कारोबार पछि कूल बजार पूँजीकरण रु २६ खर्ब ८६ अर्ब ६१ करोड ८० लाख बराबर पुगेको छ । नेपाल दूरसञ्चार कम्पनी र नेपाल पुनर्बीमा कम्पनी बजार पूँजीकरणका आधारमा अगाडि रहेका छन् । दूरसञ्चार कम्पनीको रु एक खर्ब ८२ अर्ब ५० करोड बराबरको बजार पूँजीकरण पुगेको छ ।

यस्तै नेपाल पुनर्बीमा कम्पनीको रु एक खर्ब ६३ अर्ब बराबरको बजार पूँजीकरण पुगेको छ । कारोबार मापक नेप्से आज ७२.२८ विन्दुले उकालो लागेर पुनः दुई हजार विन्दुमाथि पुगेको छ । आजको वृद्धि पछि नेप्से २००४.३९ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.१० विन्दुले उकालो लागेर ३८२.७७ मा पुगेको छ । कूल २०६ कम्पनीको एक करोड १९ लाख २० हजार ८१९ कित्ता शेयर रु ६ अर्ब ६६ करोड ७९ लाख ५६ हजार ८३१ मूल्यमा खरिद बिक्री भए ।

स्टकका अनुसार आज कारोबार भएका १२ वटै उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ३१।९१, व्यापार १३०.९, होटल ६०.०६, विकास बैंक ४३.२५, जलविद्युत् ९८.४७, वित्त २०.८५, निर्जीवन बीमा ४०५.५४, उत्पादन २२४.७७, अन्य ८०.५, लघुवित्त १२७.५५, जीवन बीमा ६९८.८१ र सामूहिक लगानी कोष ०.०८ ले उकालो लागेको छ । कारोबारका आधारमा आज पनि अर्ब माथिको कारोबार गर्ने कम्पनीमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । सो कम्पनीको रु एक अर्ब पाँच करोड ५७ लाख ५९ हजार ९०९ को कारोबार भयो ।

यस्तै नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु ४७ करोड ५९ लाख ७२ हजार ६६६, नेपाल दूरसञ्चार कम्पनी रु ३३ करोड ७४ लाख ३३ हजार ७१८, प्रभु बैंक रु २५ करोड ३३ लाख ३९ हजार ८४५, शिवम् सिमेन्ट रु २४ करोड ३६ लाख २३ हजार ८३०, माथिल्लो तामाकोशी रु १९ करोड ७३ लाख ८३ हजार ६९९, नबिल बैंक रु १८ करोड सात लाख ९३ हजार ५८९, नेको इन्सुरेन्स रु १६ करोड ३५ लाख ८० हजार ६७० र नेपाल बैंक लिमिटेड रु १४ करोड ७६ लाख ६४ हजार ५४४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा रसुवागढी हाइड्रोपावर कम्पनी १०, नारायणी डेभलपमेन्ट बैंक १०, विशाल बजार कम्पनी ९.९५, ग्लोबल आइएमई लघुवित्त ९.८७, माथिल्लो तामाकोशीका लगानीकर्ताले ९.८१ प्रतिशतले कमाए । त्यस्तै एनआइसी एशिया ऋणपत्र दुई, एभरेष्ट बैंक १.८५, एक्सेल डेभलपमेन्ट बैंक १.४१, मल्टीप्रपोज फाइनान्स १.२३ र गुह्यश्वरी मर्चेन्ट बैंकका लगानीकर्ताले १.०३ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ६ : ३९ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा