५ श्रावण २०८३, मंगलबार | July 21, 2026

फेरी बढ्यो सेयर बजार, बजार पूँजीकरण २७ खर्ब नजीक



काठमाडौ ।  शेयर बजारमा कारोबार मापक नेप्से परिसूचक लगातार उकालो लाग्दा बजार पूँजीकरण झण्डै रु २७ खर्ब बराबरको भएको छ । शेयर बजारमा बजार पूँजीकरणको ठूलो महत्व रहन्छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आजको कारोबार पछि कूल बजार पूँजीकरण रु २६ खर्ब ८६ अर्ब ६१ करोड ८० लाख बराबर पुगेको छ । नेपाल दूरसञ्चार कम्पनी र नेपाल पुनर्बीमा कम्पनी बजार पूँजीकरणका आधारमा अगाडि रहेका छन् । दूरसञ्चार कम्पनीको रु एक खर्ब ८२ अर्ब ५० करोड बराबरको बजार पूँजीकरण पुगेको छ ।

यस्तै नेपाल पुनर्बीमा कम्पनीको रु एक खर्ब ६३ अर्ब बराबरको बजार पूँजीकरण पुगेको छ । कारोबार मापक नेप्से आज ७२.२८ विन्दुले उकालो लागेर पुनः दुई हजार विन्दुमाथि पुगेको छ । आजको वृद्धि पछि नेप्से २००४.३९ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.१० विन्दुले उकालो लागेर ३८२.७७ मा पुगेको छ । कूल २०६ कम्पनीको एक करोड १९ लाख २० हजार ८१९ कित्ता शेयर रु ६ अर्ब ६६ करोड ७९ लाख ५६ हजार ८३१ मूल्यमा खरिद बिक्री भए ।

स्टकका अनुसार आज कारोबार भएका १२ वटै उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ३१।९१, व्यापार १३०.९, होटल ६०.०६, विकास बैंक ४३.२५, जलविद्युत् ९८.४७, वित्त २०.८५, निर्जीवन बीमा ४०५.५४, उत्पादन २२४.७७, अन्य ८०.५, लघुवित्त १२७.५५, जीवन बीमा ६९८.८१ र सामूहिक लगानी कोष ०.०८ ले उकालो लागेको छ । कारोबारका आधारमा आज पनि अर्ब माथिको कारोबार गर्ने कम्पनीमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । सो कम्पनीको रु एक अर्ब पाँच करोड ५७ लाख ५९ हजार ९०९ को कारोबार भयो ।

यस्तै नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु ४७ करोड ५९ लाख ७२ हजार ६६६, नेपाल दूरसञ्चार कम्पनी रु ३३ करोड ७४ लाख ३३ हजार ७१८, प्रभु बैंक रु २५ करोड ३३ लाख ३९ हजार ८४५, शिवम् सिमेन्ट रु २४ करोड ३६ लाख २३ हजार ८३०, माथिल्लो तामाकोशी रु १९ करोड ७३ लाख ८३ हजार ६९९, नबिल बैंक रु १८ करोड सात लाख ९३ हजार ५८९, नेको इन्सुरेन्स रु १६ करोड ३५ लाख ८० हजार ६७० र नेपाल बैंक लिमिटेड रु १४ करोड ७६ लाख ६४ हजार ५४४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा रसुवागढी हाइड्रोपावर कम्पनी १०, नारायणी डेभलपमेन्ट बैंक १०, विशाल बजार कम्पनी ९.९५, ग्लोबल आइएमई लघुवित्त ९.८७, माथिल्लो तामाकोशीका लगानीकर्ताले ९.८१ प्रतिशतले कमाए । त्यस्तै एनआइसी एशिया ऋणपत्र दुई, एभरेष्ट बैंक १.८५, एक्सेल डेभलपमेन्ट बैंक १.४१, मल्टीप्रपोज फाइनान्स १.२३ र गुह्यश्वरी मर्चेन्ट बैंकका लगानीकर्ताले १.०३ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ६ : ३९ बजे

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान