७ चैत्र २०८२, शनिबार | March 21, 2026

रुपन्देही बन्यजन्तु अङ्ग निर्यातको केन्द्र बन्दै, कस्तुरीको विणा सहित ३ जना रुपन्देहीबाट पक्राउ



बुटवल । रुपन्देही प्रहरीले गैडाको खाग सहित ३ जनालाई पक्राउ गरेको भोलिपल्ट रुपन्देहीबाटै कस्तुरीको विणा सहित फरि ३ जनालाई पक्राउ गरेको छ । सोमबार अपरान्ह ४ बजे रुपन्देहीको देवदह-१० भलुहीबाट १ थान कस्तुरीको विणा सहित ३ जनालाई पक्राउ गरेको हो ।

कस्तुरीको प्रतिबन्धित विणाको कारोबार भईरहेको सुचनाका आधारमा देवदह नगरपालिका १० स्थित स्थानीय टेक बहादुर वि.कको घरमा शंकास्पद रुपमा बसेका ३ जनाबाट प्रहरीले सो विणा बरामद गरेको रुपन्देही प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तत्काल तौल गर्दा ६१.४० ग्राममा रहेको रौं सहितको विणा सहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा अर्घाखाँची छत्रदेव २ का सुकुरदिन मिया, बागलुङ नगरपालिका ६का रमेश वि.क तथा रुपन्देहीको बुटवल उपमहानगर ११ का दिपक वि.क रहेका छन् ।

फत्राउ परेको ३ जना र बरामद भएको विणा थप अनुसन्धानका लागि जिल्ला बन कार्यालय रुपन्देहीमा बुझाईने जिल्ल प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारोयण थापाले जानकारी दिए ।

रुपन्देही प्रहरीले आईतबार मात्र बुटवल उपमहानगर ८ सुख्खानगर स्थित कलश होटलबाट १ थान गैडाको खाग बरामद गरेको थियो । पक्राउ गर्ने क्रममा प्रहरीको पेस्तोल खोािखोस गर्ने क्रममा एकजना खाग तस्कर गम्भीर घाईते समेत भएका थिए ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ११ : २६ बजे

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम

वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका

वर्षाका कारण इदगाहाको सामूहिक नमाज प्रभावित

नेपालगन्ज । अविरल रुपमा परेको वर्षाले नेपालगन्जमा मुस्लिम समुदायको महान

अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौँ । आज ६१औँ अन्तरराष्ट्रिय जातिय विभेद उन्मूलन दिवस ‘समान