२७ भदौ २०८३, शनिबार | September 12, 2026

साठी क्विन्टल मकैसहित चालक पक्राउ



भैरहवा । रुपन्देहीको सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भारततर्फ निकासी गर्न लागिएको ठूलो परिमाणको मकै प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले आज रोहिणी गाउँपालिका–२ मैनिहवाबाट ६० क्विन्टल मकैसहित दुईवटा जिप नियन्त्रणमा लिएको हो । विशेष सूचनाका आधारमा गरिएको जाँचका क्रममा लु१ज ४६१० र लु१ज २९२५ नम्बरको जिपमा लोड गरी लैजाँदै गरेको अवस्थामा मकै फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक गणेश सापकोटाले जानकारी दिए ।

बरामद मकै र गाडीको कूल मूल्य करिब रु २१ लाख ५० हजार आकलन गरिएको छ । घटनामा संलग्न चालक मायादेवी गाउँपालिका–७ का ३३ वर्षीय दिलीप यादवलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति र बरामद सामग्रीलाई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको उनले बताए ।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  १० : १८ बजे

नेपाल-चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको

सल्यानमा जिप दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

सल्यान । सल्यानमा शनिबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

आसिफको शतकमा यूएईलाई ३१४ रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधिका लागि नेपाल

संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप

कपिलवस्तु । शान्ति, करुणा र अहिंसाको सन्देशमार्फत विश्व मानव समुदायलाई