८ जेष्ठ २०८३, शुक्रबार | May 22, 2026

रुपन्देहीमा नक्कली नोट छाप्ने अड्डामा प्रहरीको छापा

नक्कली नोट छाप्ने प्रिन्टर र कम्प्युटर सहित २ जना पक्राउ



बुटवल । रुपन्देही प्रहरीले नक्कली नोट छाप्ने अड्डामा छापा मारेर नक्कली नोट छाप्ने कम्प्युटर र प्रिन्टरसहित २ जनालाई पक्राउ गरेको छ । जिल्लाको लुम्बिनी सास्कृतिक नगरपालिकाबाट नोट छाप्न प्रयोग गरिने कम्प्युटर, प्रिन्टर, कैची तथा केही नक्कली नोटसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भारत ककरहवा सिद्धार्थनगर नौगढ उत्तर प्रदेश बस्ने अव्दुल गफ्फरको छोरा ३८ वर्षिय अव्दुल हमिद र रुपन्देही लुम्बिनी सास्कृतिक नगरपालिका वडा नं.११ मसिना बस्ने २२ वर्षिय बिक्की भन्ने अनिल पासी रहेका छन् ।

लुम्बिनी साँस्कृतिक नगरपालिका इलाकामा नक्कली नोटको कारोवार हुने गरेको छ भन्ने गोप्य सूचनाका आधारमा प्रारम्भिक अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न रहेका व्यक्तिहरुको पहिचान एंव खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलिले नोट छाप्ने स्थान र छाप्ने सामाग्री सहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुबाट सबै नाटहरुमा एउटै नम्बर ङ २५ ०२४९१२ रहेको नक्कली नेपाली रु ५०० दरको नोट ३० थान, नेपाली रु १००, ५०० र १००० दरको प्रिन्ट भई कटिङ्ग नगरेको अवस्थामा रहेका नक्कली नोट ७ थान, नक्कली नोट प्रिन्ट गर्न प्रयोग गरेको सिपीयु १ थान, नक्कली नोट प्रिन्ट गर्न प्रयोग गरेको प्रिन्टर १ थान, नक्कली नोट प्रिन्ट गर्न प्रयोग गरेको मोनिटर १ थान, मोबाइल २ थान, कैची १ थानलगायत कागजहरु बरामद भएको प्हरीले जनाएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार  ९ : ३६ बजे

बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष श्रेष्ठ रास्वपामा

बुटवल । लामो समयदेखि कांग्रेस निकट रहेर व्यवसायीक संगठनमा सक्रिय

प्रधानन्यायाधीश शर्मालाई बारको ध्यानाकर्षण

काठमाडौँ । प्रधानन्यायाधीश डा मनोजकुमार शर्मासमक्ष नेपाल बार एशोसियशनले ३९

रुपन्देहीमा नक्कली नोट छाप्ने अड्डामा प्रहरीको छापा

बुटवल । रुपन्देही प्रहरीले नक्कली नोट छाप्ने अड्डामा छापा मारेर

एमाले सचिवालय बैठक : ४ उपाध्यक्षले ओलीलाई भने-पुस्तान्तरण गर, बैठक भोलि पुनः बस्ने

भक्तपुर । नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठकमा आज पाँच उपाध्यक्षहरूले

लुम्बिनी प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम स्वीकृत

लुम्बिनी । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष