६ आश्विन २०८३, मंगलबार | September 22, 2026

रुपन्देहीमा पेस्तोल र चार राउन्ड गोलीसहित एक जना पक्राउ



रुपन्देही । रुपन्देही प्रहरीले पेस्तोल र चार राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सियारी गाउँपालिका-२ का करिब ४४ वर्षीय अजय चौधरी रहेका छन् ।

प्रहरीका अनुसार चौधरीले नक्कली ब्लुबुक तयार गरी चोरीका मोटरसाइकल खरिद-बिक्री गर्ने गरेको सूचनाका आधारमा निगरानी बढाइएको थियो । सोही क्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले उनलाई सिद्धार्थनगर नगरपालिका-७, विद्यापथबाट नियन्त्रणमा लिएको हो ।

चेकजाँचका क्रममा चौधरीको साथबाट टाइप-५४ पेस्तोलजस्तो देखिने एक थान पेस्तोल र त्यसमा लोड गरिएको चार राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, उनको साथबाट एउटै फोटो भएका दुईवटा ब्लुबुक र चारवटा भारतीय आधार कार्डसमेत फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चौधरीले नक्कली ब्लुबुक तयार गरी चोरीका मोटरसाइकल बेचबिखन गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका चौधरीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा ल्याई पेस्तोल, गोली तथा नक्कली कागजातसम्बन्धी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  ८ : ३४ बजे

दसैँमा घर जान यातायातको सहज व्यवस्था होस : रास्वपा सचेतक परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले दसैँको

बुटवल उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशनको मिति हेरफेर

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको साधारण सभा तथा

मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रमा

प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक

पेरिसडाँडामा नेकपाको केन्द्रीय संयोजन समितिको बैठक

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय संयोजन समितिको बैठक सुरु