६ आश्विन २०८३, मंगलबार | September 22, 2026

रुपन्देहीमा हराएका १०८ जनामध्ये ६१ जना फेला



बुटवल । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट हराएका व्यक्तिको खोजी कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाएको छ ।

जेठ महिनामा हराएको भनी निवेदन परेका १०८ जनामध्ये ६१ जनालाई फेला पारी परिवारसँग सम्पर्क गराइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीका अनुसार त्यस महिनामा हराएकामध्ये ३० बालबालिका, ४८ महिला र ३० पुरुष रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी कृष्णकुमार चन्दका अनुसार तीमध्ये १८ बालबालिका, २९ महिला र १४ पुरुष फेला परेका थिए ।

यस्तै, अघिल्लो आर्थिक वर्षको पुस महिनादेखि खोजीको सूचीमा रहेका थप नौ जनालाई समेत पछिल्लो अवधिमा फेला पारी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । परिवारको जिम्मा लगाइएकामा दुई बालिका, पाँच महिला र दुई पुरुष छन् ।

जिल्लामा बेपत्ताको खोजी तथा उद्धारलाई चुस्ततुस्त तुल्याउन थप प्रहरी परिचालन गरिएको र हराएका व्यक्तिको खोजी कार्य निरन्तर जारी रहेको सूचना अधिकारी चन्दले बताए ।

प्रकाशित मिति : ४ असार २०८३, बिहिबार  १२ : ५९ बजे

भरत दाहाललाई २४ घण्टाभित्र मिसिलसहित उपस्थित गराउनू : सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई २४ घन्टाभित्र

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

दसैँमा घर जान यातायातको सहज व्यवस्था होस : रास्वपा सचेतक परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले दसैँको

बुटवल उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशनको मिति हेरफेर

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको साधारण सभा तथा

मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रमा