१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

आईएमई लाइफ इन्स्योरेन्सले नेपालमै पहिलोपटक सुरु गर्यो च्याटबोट सेवा



काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले नेपालमै पहिलो पटक च्याटबोट सेवा संचालनमा ल्याएको छ ।

कम्पनीले आफ्ना बीमित, अभिकर्ता र सरोकालवाला व्यक्ती तथा संघ संस्थालाई सूचना प्रविधिको उच्चतम् प्रयोग गरी विश्वको जुनसुकै स्थानबाट कम्पनीले प्रदान गर्ने सेवाहरू चुस्त, दुरुस्त र प्रभावकारी सेवा प्रवाह गर्न सहज बनाउन २४सै घण्टा आवश्यक जानकारी उपलब्ध गराउन आईएमई लाइफ ३६० यूअर्स भर्चुअर असिस्ट संचालनमा ल्याएको हो ।

हाल यो सेवा कम्पनीको वेभसाइटमा उपलब्ध रहेको छ भने भविष्यमा कम्पनीको अधिकारीक मोबाइल एप र म्यासेन्जरमा समेत उपलब्ध गराइने कम्पनीले जनाएको छ । यसबाट मूख्यतः बीमित र अभिकर्ता प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् भने बीमासँग चासो राख्ने, बीमाको बारेमा बुझ्न चाहने, कम्पनीको बारेमा बुझ्न चाहने व्यक्ति तथा संस्थाले समेत यसबाट सेवा प्राप्त गर्न सक्नेछन् ।

च्याटबट सेवामार्फत बीमितले आफ्नो बीमाशुल्क भुक्तानी सम्बन्धि जानकारी लिनुका साथै बीमाशुल्क भुक्तानी तरिका, इच्छाएको व्यक्ति, मोवाइल नं। परिवर्तनको जानकारी लिन सकिने र अनुरोध पठाउन सक्नेछन् ।

यसैगरी दाबी भुक्तानी प्रक्रिया, अभिकर्ता कमिशन, बैंक खाता, प्यान नं, मोबाइल नं अद्यावधिक गर्ने, नयाँ अभिकर्ता बन्ने र अभिकर्ता इजाजत पत्र नवीकरण प्रक्रिया सम्मको जानकारी च्याटबटमार्फत तत्कालै प्राप्त गर्न तथा अनुरोध पठाउन सक्नेछन् ।

यो सेवा सञ्चालनमा आएसँगै कम्पनीका बीमित, अभिकर्ता र कम्पनीसँग सरोकार राख्ने सम्पूर्ण व्यक्ति, संस्थाले आफ्नो महत्वपूर्ण समय बचत गरी घर, अफिस वा जुनसुकै स्थानबाट कम्पनीले प्रदान गर्ने सेवा अन्तर्गतको जुनसुकै समस्या वा जिज्ञासा च्याटबोटमार्फत राखी तत्कालै समाधान पाउन सक्नेछन् ।

हालको कोरोना भाइरस रोगका कारण जनजीवन प्रभावित भइरहेको यस विषम परिस्थितिमा यो च्याटबट सेवाले सहजता दिने कम्पनीको विश्वस्त रहेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ८ : २४ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले