१९ बैशाख २०८३, शनिबार | May 2, 2026

आईएमई लाइफ इन्स्योरेन्सले नेपालमै पहिलोपटक सुरु गर्यो च्याटबोट सेवा



काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले नेपालमै पहिलो पटक च्याटबोट सेवा संचालनमा ल्याएको छ ।

कम्पनीले आफ्ना बीमित, अभिकर्ता र सरोकालवाला व्यक्ती तथा संघ संस्थालाई सूचना प्रविधिको उच्चतम् प्रयोग गरी विश्वको जुनसुकै स्थानबाट कम्पनीले प्रदान गर्ने सेवाहरू चुस्त, दुरुस्त र प्रभावकारी सेवा प्रवाह गर्न सहज बनाउन २४सै घण्टा आवश्यक जानकारी उपलब्ध गराउन आईएमई लाइफ ३६० यूअर्स भर्चुअर असिस्ट संचालनमा ल्याएको हो ।

हाल यो सेवा कम्पनीको वेभसाइटमा उपलब्ध रहेको छ भने भविष्यमा कम्पनीको अधिकारीक मोबाइल एप र म्यासेन्जरमा समेत उपलब्ध गराइने कम्पनीले जनाएको छ । यसबाट मूख्यतः बीमित र अभिकर्ता प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् भने बीमासँग चासो राख्ने, बीमाको बारेमा बुझ्न चाहने, कम्पनीको बारेमा बुझ्न चाहने व्यक्ति तथा संस्थाले समेत यसबाट सेवा प्राप्त गर्न सक्नेछन् ।

च्याटबट सेवामार्फत बीमितले आफ्नो बीमाशुल्क भुक्तानी सम्बन्धि जानकारी लिनुका साथै बीमाशुल्क भुक्तानी तरिका, इच्छाएको व्यक्ति, मोवाइल नं। परिवर्तनको जानकारी लिन सकिने र अनुरोध पठाउन सक्नेछन् ।

यसैगरी दाबी भुक्तानी प्रक्रिया, अभिकर्ता कमिशन, बैंक खाता, प्यान नं, मोबाइल नं अद्यावधिक गर्ने, नयाँ अभिकर्ता बन्ने र अभिकर्ता इजाजत पत्र नवीकरण प्रक्रिया सम्मको जानकारी च्याटबटमार्फत तत्कालै प्राप्त गर्न तथा अनुरोध पठाउन सक्नेछन् ।

यो सेवा सञ्चालनमा आएसँगै कम्पनीका बीमित, अभिकर्ता र कम्पनीसँग सरोकार राख्ने सम्पूर्ण व्यक्ति, संस्थाले आफ्नो महत्वपूर्ण समय बचत गरी घर, अफिस वा जुनसुकै स्थानबाट कम्पनीले प्रदान गर्ने सेवा अन्तर्गतको जुनसुकै समस्या वा जिज्ञासा च्याटबोटमार्फत राखी तत्कालै समाधान पाउन सक्नेछन् ।

हालको कोरोना भाइरस रोगका कारण जनजीवन प्रभावित भइरहेको यस विषम परिस्थितिमा यो च्याटबट सेवाले सहजता दिने कम्पनीको विश्वस्त रहेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ८ : २४ बजे

थप १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले शुक्रबार थप १९ जना डाक्टरको

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ, पौडेलले सम्हाले जिम्मेवारी

काठमाडौँ । चारवर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त हुन लागेका सशस्त्र

पहिरोले डोजर पुर्दा चालकको मृत्यु

म्याग्दी । यहाँको रघुगङ्गा गाउँपालिका–१ बेगमा आज पहिरोले डोजर पुर्दा

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तेस्रो संशोधन अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि