२३ बैशाख २०८३, बुधबार | May 6, 2026

चक्रपथ विस्तारमा बुद्धको हजार मूर्ति स्तूप भत्किँदैन: मन्त्री नेम्वाङ



काठमाडौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले काठमाडौँ चक्रपथ विस्तारको क्रममा विश्व सम्पदा क्षेत्रभित्रका बुद्धको मूर्ति स्तूप नहटाइने बताएका छन् । स्वयम्भू विश्वसम्पदा क्षेत्र बचाऔँ अभियानको ज्ञापनपत्र बुझ्दै मन्त्री नेम्वाङले सम्पदाको संरक्षण गरिने स्पष्ट गरे ।

उनले सडक विस्तारका क्रममा कम्तीमा पनि स्वयम्भू क्षेत्रमा रहेको भगवान् बुद्धको हजार मूर्ति र स्तूप जोगाउनुपर्छ भन्ने बुझाइ प्रष्ट भएको बताए । उनले भने, “हाम्रो आवश्यक डिजाइन, सडक निर्माणको मापदण्ड, पुरातत्व विभाग र युनेस्कोको प्रावधानका परिधिमा रहेर हजार मूर्तिको स्तूप जोगाउनुपर्छ भन्ने प्रष्ट भएको छ ।”

प्राविधिक रुपमा सम्भव भएसम्म स्वयम्भू क्षेत्रका अरु पनि सम्पदा जोगाइने मन्त्री नेम्वाङले बताए । सरकार विभिन्न समुदायको संस्कृति संरक्षणमा मात्र नभएर नयाँ चरणमा विकास गर्न लागिपरेको उनको भनाइ छ । उनले भने “नयाँ संविधानबाट बनेको यो सरकार नयाँ मुलुक निर्माणमा अघि बढेको छ र मुलुुकको चौतर्फी विकास गर्न चाहन्छ ।”

मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले स्वयम्भू जस्ता सम्पदा सरकारले नै विश्वसम्पदा सूचीमा सूचीकृत गराएकाले त्यसको संरक्षण पनि सरकारको नै जिम्मेवारी भएको बताए । स्वयम्भू विश्वसम्पदा क्षेत्र बचाऔँ अभियानका संयोजक नुर्बु शेर्पाले आफ्नो अभियानमा सरकार सकारात्मक भएको भन्दै विकासको काम पनि नरोकिने र सम्पदा पनि जोगाउने पक्षमा जानुपर्ने बताए ।

कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, तत्कालीन संविधानसभाका सभासद् पासाङ शेर्पा र सडक विभागका महानिर्देशक केशवकुमार शर्माले पनि सम्पदाको संरक्षण गर्दै विकासलाई अघि बढाउनेमा जोड दिए ।

काठमाडौँ चक्रपथ पहिलो चरणमा कोटेश्वर–कलङ्की विस्तार गरेको चीन सरकारले नै दोस्रो खण्ड विस्तारको तयारी अघि बढाएको छ । सडक विस्तारका लागि ११ दशमलव ६ किमी लम्बाइको कलङ्कीदेखि धोबीखोला सडक निर्माणस्थल खाली गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ८ : ४० बजे

संवैधानिक परिषद् बैठक बिहीबार

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक

पूर्वविशिष्टको दोहोरो सवारीसुविधामा सरकारको निगरानीः विवरण बुझाउन गृहलाई कडा निर्देशन

काठमाडौँ । राज्यकोषबाट दोहोरो र असीमित सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण

एम्बुलेन्सबाट गाँजा बरामद, दुई जना भारतीय नागरिक पक्राउ

सुनसरी । बराहक्षेत्र नगरपालिका–२ पुलठ्ठे गैडामा एम्बुलेन्सबाट १४८ केजीगाँजा बरामद

सुनचाँदीको मूल्यवृद्धि

काठमाडौँ । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको भाउ बढेको

भैरहवामा रहेको रोयल कालिङ्गा क्यासिनोमा जुवा खेल्दै गरेका १९ नेपाली पक्राउ

बुटवल । रुपन्देहीको सिद्धार्थनगरस्थित क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा १९ नेपाली