२१ आश्विन २०८३, बुधबार | October 7, 2026

फुटबल एकेडेमी सञ्चालन गर्न एन्फा र सशस्त्र प्रहरी बलबीच सम्झौता



काठमाडौं । युवा खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ फुटबल एकेडेमी सञ्चालन गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) र सशस्त्र प्रहरी बल (एपिएफ) बीच सम्झौता भएको छ । एन्फाले युवा खेलाडी विकासका लागि एपीएफसित छ वर्षको सम्झौता गरेको हो ।

युवा खेलाडी विकासका लागि नेपाल एपिएफ स्कूल फुटबल एकेडेमी स्थापनाका गरिने छ । एन्फा र एपिएफ दुवै पक्षबीच युवा खेलाडीलाई शिक्षामा सहयोग गर्दै व्यावसायिकरुपमा फुटबलतर्फ आकर्षित गर्न सो सहमति भएको हो ।

सशस्त्र प्रहरी बलको मुख्यालय हलचोकमा मंगलबार आयोजिक एक कार्यक्रममा सम्झौतापत्रमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा तथा सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक पुष्पराम केसीले हस्ताक्षर हस्ताक्षर गरे ।

एन्फा र एपिएफ एकेडेमीको प्राविधिक टोलीले देशभरिबाट २१ खेलाडी छनोट गर्नेछ । तीमध्ये १४ खेलाडीको एन्फा र एपिपीएफले प्रायोजन गर्नेछन् ।

दुवै पक्षले उनीहरुको कक्षा १२ सम्मको पठनपाठनको सम्पूर्ण खर्च ब्यहोर्ने सम्झौतापत्रमा उल्लेख छ । खेलाडी उत्पादनका लागि एन्फासित सहकार्य गर्न तयार रहेको महानिरीक्षक खनालले बताए ।

शीर्ष डिभिजनको लिग खेल्ने एपिएफ क्लबले आफ्नै एकेडेमी सञ्चालन गर्न लागेको यो पहिलोपटक हो । एपिएफ, एन्फा र खुलातर्फ सात सात गरी २१ खेलाडी छनोट गरी एकेडेमीमा भर्ना गरिने छ । एकेडेमी सञ्चालन गर्न एन्फाले वार्षिक रु १० लाख सहयोग गर्ने बताइएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ६ : ५१ बजे

कांग्रेसको बन्दसत्र सबैका लागि खुला, प्रत्यक्ष प्रसारण गरिने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य रु ८०० र

राष्ट्र बैंकद्वारा ३० अर्बको निक्षेप सङ्कलन आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले रु ३०

कांग्रेस महाधिवेशन : चार वटा प्रतिवेदन पारित हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिन बन्दसत्र

एमाले स्थायी कमिटीको पहिलो बैठक आज, वरिष्ठ नेता विद्या भण्डारी सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटीको पहिलो बैठक बिहीबार बस्दैछ