१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

मुख्यमन्त्री पोखरेललाई युवा नेता ठाकुर गैरेको सुझाव : बिधानको पालना गरेर मपाईत्व त्यागे पार्टी एकता बलियो हुन्छ



पाल्पा । नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)को अन्तरसंघर्षमा लगातार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको रक्षाकवच बन्दै आएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई पाल्पाको एउटा कार्यक्रममा मुख्य अतिथिकारुपमा बोलाएर कार्यकर्ताहरुले पार्टी एकता बलियो बनाउन नेताहरु बिधि, बिधान र पद्धती अनुसार चल्न चलाउनु पर्ने सुझाव दिएका छन् ।

सुर्य बुलेटिनको बितरण कार्यक्रमको प्रमुख अतिथि बनाएर बोलाईएका मुख्यमन्त्री पोखरेललाई नेकपाका युवा नेता स्थायी समिति सदस्य ठाकुर गैरेले पार्टीको विधान अनुसार नेकपा चल्नुपर्ने र सरकार संविधान अनुसार सञ्चालन हुनुपर्ने बताए । ‘माक्सवादी पार्टी भित्र जवसम्म मपाईत्व र व्यक्तिवादी चिन्तन हुन्छ तबसम्म पार्टी बलियो हुन नसक्ने भन्दै गैरेले पार्टीको आन्तरिक छलफलका कुराहरु बाहिर आउन बन्द हुनुपर्ने बताए ।

‘अहिले नेतालाई पार्टी चाहिएको छैन जस्तो देखिएको छ, तर पार्टीभन्दा माथी कुनै पनि नेता हुन सक्दैन ।’ युवा नेता गैरेले भने .

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले नेपाल कम्यूनिष्ट पार्टीको एकता गम्भिर मोडमा पुगेको बताए । उनले पार्टी एकता गरेर कार्यकर्तामाझ गएको भएता पनि नेताहरुमै एकताको भावभन्दा अन्तरद्वन्द्व बढेको बताए ।

नेता शंकर पोखरेलले पार्टी एकताको रक्षाका लागि नेताहरु नै लाग्नुपर्ने बताउँदै अबको विकल्प पनि सुदृढ पार्टी एकता नै भएको स्पष्ट पारे। ‘एकता बलियो हुन नसके कम्यूनिष्ट आन्दोलन भड्कालोमा हाल्ने काममात्र हुन्छ’, उनले भने, ‘जतिबेला हामी अलगअलग थियौ एकताको भाव थियो । जतिबेला हामी संस्थागत भएका छौं ठीक उल्टो भएका छौं हामी अन्तरमुखी भएका छौं । हाम्रा मनहरु कताकता विभाजित जस्तो भएको छ । अनेकतामा हिड्ने खोजेजस्तो भएका छौं ।’

नेकपा प्रचार प्रसार तथा प्रकाशन विभागद्वारा प्रकाशित दोस्रो बुलेटिन तानसेनमा वितरण गरिएको छ । नेकपा पाल्पाको बुलेटिनबाट आम कार्यकर्तालाई भावनात्मक सम्बन्धको विकास गराउने सम्पादक गुराँस आत्रेयले बताए

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ८ : ४७ बजे

वीरगन्जमा सद्भाव र्‍याली

वीरगन्ज । सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव

सामाजिक एकता र सद्भाव कायम राख्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी

रास्वपा सांसदलाई प्रधानमन्त्रीले भने – राज्य संयन्त्र परिचालित छन्, कोही विचलित हुनुपर्दैन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई

साताको अन्तिम दिन दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक 

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौं । विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता,