२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

नेकपामा अनौपचारिक भेटवार्ता सुरु, बुधबार दुई अध्यक्षको प्रधानमन्त्री निवासमा भेटवार्ता



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच लामो समय देखिको सम्बादहिनतालाई तोड्दै बुधबार भेटवार्ता भएको छ।

झण्डै १ महिना सम्बादहिनताको अवस्थामा रहेका दुई अध्यक्षको मंसिर २० गते बसेको सचिवालयको बैठक अगाडी केहिबेर सम्बाद भएको थियो भने त्सपछि आज दुई अध्यक्षकाबीच भेटवार्ता भएको हो । पार्टीभित्रको विवाद उत्कर्षमै रहेका बेला बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

दुई अध्यक्षबीच भएको भेटवार्ताका बिषयमा नखुलाईएपनि २० गतेको सचिवालय र २१ गतेको स्थायी समितिको बैठकले अनौपचारिक वार्ता जारी राख्ने सहमती अनुसार भेटवार्ता भएको बताईएको छ ।

पार्टीभित्र विवाद अहिले पनि उत्कर्षकै अवस्थामा छ । यस बीच पटक पटक दुई अध्यक्ष र सचिवालय तथा स्थायी समितिको बैठकमा पत्रको जुहारी चल्दै आएको छ । अध्यक्ष प्रचण्डको प्रस्तावलाई अस्विकार गर्दै प्रचण्डले माफि नमाग्दा सम्म बैठकमा उपस्थित नहुने बताएपनि सचिवालय बैठकमा आफै र स्थायी समितिमा पत्र मार्फत प्रधानमन्त्री ओलीले उपस्थिती जनाएका छन् । आज भएको वर्तालाई नेकपा बृत्तमा चासोका साथ हेरिएको छ।

मंसिर २१ गतेबाटख सुरु भएको नेकपा स्थायी समित बैठकमा दुवै अध्यक्षका प्रतिवेदन र पत्रहरु छलफलका लागि प्रस्तुत गरिएको थियो। स्थायी समिति सदस्यालाई छलफलका लागि भन्दै स्थायी समिति बैठक २८ गते सम्मलाई स्थगित गरिएको छ।

२१ गतेको बैठकमा प्रधानमन्त्री ओली भने सहभागी भएका थिएनन्। उनी बैठकमा अनुपस्थित भए पनि पत्रमार्फत स्थायी समिति सदस्यलाई सम्बोधन गरेका थिए।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ३ : १७ बजे

नेपाल-बङ्गलादेश सांस्कृतिक सम्बन्ध प्रवर्द्धन गर्न ‘नेपाल फेस्टिभल’

काठमाडौं । बङ्गलादेशस्थित नेपाली राजदूतावासले बङ्गलादेश–नेपाल फ्रेन्डसिप सोसाइटीसँगको सहकार्यमा ढाकास्थित

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

दाङ । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका जिल्लामा

नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

बागलुङ । बागलुङको बडिगाड गाउँपालिकामा नेपालमै पहिलोपटक खाना पकाउने प्रयोजनका

आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारलाई सर्‍यो

काठमाडौं । नेकपा एमालेको आज (शनिबार) बस्ने तय गरिएको सचिवालय

आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै

महोत्तरी । मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा आज विवाहित मिथिलानी