१८ माघ २०८२, आइतबार | February 2, 2026

बुटवल उपमहानगरपालिमा लालपुर्जा वितरण सुरु, बर्षौदेखि नपाएकालाई राहत



बुटवल । बुटवल उपमहानगरपालिकाले विभिन्न वडामा गरि छ सय ५० लालपुर्जा वितरण गरेको छ । वर्षौंअघि नापजाँच भएर त्यत्तिकै रोकिएका साविकका मोतिपुर र सेमलारका गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरेको हो ।

बुटवलका वडा नंं. १४, १५, १६, १७ र १८ का विभिन्न टोलमा पुर्जाविहीन अवस्थामा रहेका छ सय ५० घर परिवारलाई उपमहानगरपालिका गोश्वारा नापी कार्यालयको सहकार्यमा लालपुर्जा वितरण गरेको हो ।

बुटवल वडा नं. १४ को बेलभरिया र वडा नं. १८ को मोतिपुर दुबौलीमा मात्रै करिब एक सय ५० घर परिवारलाई लालपुर्जा वितरण गरिएको छ । यसअघि बुटवलकै वडा नं. १५ मा ४८ परिवार, वडा नं. १६ मा ६३ परिवार, वडा नं. १७ मा ९० तथा वडा नं. १८ मा १४७ परिवारलाई पुर्जा वितरण गरेको थियो । बुटवल–१४ को सेमलार बेलभरिया र मोतिपुरको दुबैलीमा बुधबार एक संक्षिप्त समारोहका बीच उपमहानगरका प्रमुख शिवराज सुवेदीले त्यस क्षेत्रका ५८ जना घरपरिवारलाई लालपुर्जा वितरण गरेका हुन् ।

लालपुर्जा पाउनेमध्येका सबैभन्दा ज्येष्ठ सदस्य बुटवल–१४ का ८० वर्षीय रामप्रसाद उपाध्याय र ७४ वर्षीय प्रभु थारु, वडा नं. १८ का ७५ वर्षीय चित्रकुट थारु र असिया थारुलाई लालपुर्जा हस्तान्तरण गर्दै उपमहानगरपालिकाका प्रमुख सुवेदीले मोतिपुर र सेमलार क्षेत्रलाई नयाँ बुटवलका नमुना बस्तीका रुपमा विकास गर्नेगरि योजना बनिरहेको बताए ।

ती क्षेत्रमा आधुनिक, योजनाबद्ध र व्यवस्थित बस्तीका रुपमा विकास गर्न प्राविधिक अध्यय्न पूरा भइसकेको उनकोे भनाइ थियो । प्राविधिक टोलीको अध्यय्नपछि खेतीयोग्य, आवासयोग्य र खुला क्षेत्रका लागि जग्गा यकिन गर्दै आधुनिक बस्तीका रुपमा विकास गरिने प्रमुख सुवेदीले भनाई छ ।

२०२७ सालदेखि कैयन पटक नापजाँच भएर पनि जग्गाको स्वामित्व पाउन नसकेका बुटवलका विभिन्न वडाका बासिन्दालाई जनप्रतिनिधि निर्वाचित भएसंगै नापी कार्यालयको समन्वय र सहकार्यमा लालपुर्जा वितरण गरिएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

बुटवलमा अव्यवस्थित बसोबासीको लगत संकलन र नापजाँचको कामसमेत चलिरहेको छ । साथै तिनाउ–दानव कोरिडोर निर्माणका क्रममा विस्थापित र प्रभावित हुने घर परिवारलाई पनि अलग्गै स्थानमा व्यवस्थित गर्ने तयारी भइरहेको छ । अहिले लालपुर्जा वितरण गरिएका क्षेत्र नापी भएर पनि पुर्जाविहीन हुनु परेका समुदायका लागि हो । भूमि बैंक, श्रम बैंक र कृषि उत्पादकत्व बृद्धिका लागि प्राविधिकसहितको विशेष कार्यदलसमेत बनाएर नमुना काम गरिरहेको छ ।

बेलभरिया र मोतिपुरको दुबौलीमा आयोजित पुर्जा वितरण कार्यक्रममा बोल्दै उपप्रमुख गुमादेवी आचार्यले बुटवल उपमहानगरपालिकाले सहरी कृषि प्रवद्र्धनका साथै उत्पादनमूलक क्षेत्रमा जोडिएर व्यवसायिक काम गर्न आग्रह गरे । अनुगमन समितिका संयोजक समेत रहनुभएकी उपप्रमुख आचार्यले उपमहानगरले सीप सिकाउने, सीपको सदाुपयोग गर्न सहयोग गर्ने र अनुदानकासमेत व्यवस्था गर्ने बताउँदै पछाडि पारिएका समुदाय र महिलालाई उच्च प्राथमिकतामा राखिएको बताए ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ६ : ३६ बजे

खुल्यो जमुनाहा नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवागमन

नेपालगन्ज । जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु

ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ । दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

खुम्च्यो स्वास्थ्य बीमाको सेवा, ओपीडी सेवामा वर्षमा २५ हजार मात्र भुक्तानी हुने

काठमाडौं । स्वास्थ्य बीमा गरेका परिवारले पाउँदै आएको बीमा सेवालाई

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन