१७ बैशाख २०८१, सोमबार | April 29, 2024

खेलाडीको स्वास्थ्यलाई जोखिममा राखेर राज्य अगाडि बढ्न सक्दैन : खेलकुद मन्त्री सुनार



काठमाडौं । युवा तथा खेलकुद मन्त्री जगत वहादुर सुनार(बिश्वाकर्मा)ले गण्डकी प्रदेशको पोखरामा संचालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति आगामी राखेपको बोर्ड बैठकमा तय गरिने बताएका छन् । राष्ट्रिय खेलकुद परिषद (राखेप)को आयोजना गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री सुनारले खेलाडीको स्वास्थ्यलाई जोखिममा राखेर राज्य अगाडि बढ्न नसकिने स्पष्ट पारे ।

उनले कोभिडको प्रभाब र असरलाई न्यूनिकरण गदै खेलक्षेत्रको विकास–विस्तार र समृद्धिलाई कसरी लैजाने यो नै मरिषदको चुनौती र अबिभारा भएको बताए । उनले भने – ‘१३औं साग सम्पन्न पश्चात १ बर्षको अवधिमा खेलकुदले धेरै कुरा गुमाएको छ,कोरानाको परिबेश नभएको भए नवौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा आयोजना गर्ने संकल्पबाट बिचल्लित हुने थिएनौं । यद्देपी भब्यताको कुनै कमि नरहने गरि नवौं राष्ट्रिय खेलकुद हुन्छ,त्यसका लागि आगमी राखेपको बैठकले उपयुक्त मिति तय गर्ने छ ।’

अन्तरक्रिया कार्यक्रममा नवौं राष्ट्रिय खेलकुद २०७७ आयोजना तथा संचालन सम्बन्धी बिषयमा छलफल भएको थियो । त्यस्तै राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को कार्यान्वयन तथा राष्ट्रिय संघको जिम्मेवारी दायित्व र खेल गतिविधि संचालन र सुचारु गर्ने सम्बन्धमा ३६ राष्ट्रिय संघबीच छलफल भएको थियो ।

अन्तरक्रिया कार्यक्रममा आफ्नो धारण राख्दै राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले खेलकुदलाई सामान्य अवस्थामा फर्काउने प्रयास भएको जानकारी दिए। ओलम्पिकमा समावेश हुने खेललगायत अन्य खेलहरुको पनि प्रशिक्षण शुरु भएको बताउंदै उनले कोभिडको केन्द्र खेलकुद बन्न नदिने बिषयमा परिषद सचेत रहेको बताए ।

नेपाल ओलम्पिक कमिटिका अध्यक्ष संसद जिवनराम श्रेष्ठले कोभिडका कारण नवौं राष्ट्रिय खेलकुद तोकिएको मितिमा हुन नसक्ने धारणा राखे ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहिबार  ७ : ५८ बजे

बुटवल आदर्शनगरको सिद्धेश्वरी सामुदायिक बनको डढेलो बस्ती नजिक झर्दै, सुरक्षा सतर्कता बढाइयो

बुटवल । बुटवल उपमहानगरपालिकाको आदर्शनगर माथिको सिद्धेश्वरी सामुदायिक बनमा लागेको

गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि उत्पादन केन्द्र सञ्चालनमा

गुल्मी । पैचो पसल प्रालीले गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि

नक्कली सवारी अनुमति पत्र प्रकरण : यातायात कार्यालय बुटवलका शाखा अधिकृत र इन्जिनीयर सहित ३ जना पक्राउ

बुटवल। नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको जालो बुटवल

१७ वर्षीय किशोरको मलामी बोकेको ट्याक्टरले किचेर ३ वर्षीय बालकको मृत्यु

खजुरा । बाँकेको खजुरामा माटोको ढिस्कोले पुरेर मृत्यु भएका एक

सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चारमन्त्रीको आह्वान

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि