१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

सैनामैनामा राष्ट्रियस्तरको ब्याडमिन्टन शनिबारदेखि



बुटवल । रुपन्देहीको सैनामैनामा प्रथम राष्ट्रिय खुला मेन्स डबल तथा भेट्रान ब्याडमिन्टन प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।

राष्ट्रिय खेलकूद परिषद्, ब्याडमिन्टनका सङ्घका प्रमुख प्रशिक्षक सुदीप योञ्जन, अम्पायर सुदीप शाक्य र उदय अर्याललगायत सैनामैना पुगेका छन् ।

नगरपालिकाको मुर्गियामा आज आयोजना भएको पत्रकार भेटघाटमा सैनामैना ब्याडमिन्टन क्लबका अध्यक्ष नन्दबहादुर थापाले नेपाली सेना र नेपाल प्रहरीका खेलाडीले नामसमेत दर्ता गरिसकेको जानकारी दिए ।

क्लबले एक करोड ३१ लाखका लागतमा मुर्गियामा निर्माण गरेको कभर्ड हलमा हुने राष्ट्रियस्तरको प्रतियोगितामा काठमाडौँ, कास्की, चितवन, मकवानपुर, स्याङ्जा, कास्कीलगायत जिल्लाबाट ६० समूहको सहभागिता रहने ब्याडमिन्टन प्रतियोगिताका खेल संयोजक धर्म न्यौपानेले जानकारी दिए । चार हजार ३१० स्क्वायर फिटमा फैलिएको कभर्ड हलमा दुई कोर्ट निर्माण गरिएको छ ।

राष्ट्रिय खुला मेन्स डबलको पुरस्कारमा क्रमशः प्रथम रु ५१ हजार, द्वितीय रु ३५ हजार र तृतीयलाई रु २० हजारसहित ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

भेट्रानतर्फ क्रमशः प्रथम रु। ३० हजार द्वितीय रु २० हजार र तृतीयलाई रु १५ हजारसहित ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको छ । रासस

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  १ : ४५ बजे

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको