२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओलीले संवैधानिक नियुक्‍तिमा सहयोग गर्न सभापति देउवालाई आग्रह गरेका छन् । प्रधानमन्त्रीको आग्रहपछि देउवाले पार्टीमा छलफल गरेर जवाफ दिने बताएको स्रोतले बताएको छ ।

सरकारले संवैधानिक निकायमा रिक्त पदाधिकारी पदपूर्तिको प्रक्रिया अघि बढाउन प्रधानमन्त्री ओलीले आगामी आइतवार संबैधानिक परिषदको बैठक बोलाएका छन् ।

संवैधानिक निकायमा पदाधिकारी रिक्त भएको लामो समय भए पनि प्रमुख प्रतिपक्षी कांग्रेससँग सहमति जुट्न नसक्दा पटकपटक नियुक्तिको कार्यसूचीसहित बैठक बोलाइए पनि अन्तिम समयमा स्थगित हुँदै आएको छ ।

यही अवस्थालाई मध्यनजर गरी संबैधानिक परिषदका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले कार्यसुची तोकेरै ४८ घन्टा अगावै परिषदको बैठक बोलाएका छन् ।

सम्पूर्ण सदस्यलाई बैठकको कार्यसूची र समयबारे ४८ घण्टाअघि सूचना दिनुपर्ने व्यवस्था अनुसार सदस्यहरूलाई बैठकबारे बिहीवार नै सूचित गराइएको छ । परिषद्का नियमित काम र संवैधानिक निकायको पदपूर्तिको विषयलाई कार्यसूची बनाइएको छ ।

हाल संबैधानिक निकायका ४५ पद रिक्त रहेका छन । पछिल्लो समय मानव अधिकार आयोगका सम्पूर्ण पदाधिकारीले एकैपटक अवकाश पाएका छन । नयाँ संविधान जारीपछि थप भएका संवैधानिक निकायमध्ये कतिपयले पहिलोपटक समेत पूर्णता पाएका छैनन ।

राष्ट्रिय मानव अधिकार आयोगमा पछिल्लो समय प्रमुख आयुक्तसहित चारै सदस्यको कार्यकाल सकिएपछि संवैधानिक निकायमा कुल ४५ पद रिक्त भएको हो । गत असोजमा आयोगका प्रमुख आयुक्त अनुपराज शर्मासहितका पदाधिकारीले अवकाश पाएका थिए ।

यस्तै अख्तियारमा प्रमुख आयुक्त र दुई आयुक्त पद रिक्त रहेको छ भने निर्वाचन आयोगमा दुई आयुक्त पद रिक्त छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा नेतृत्व भए पनि चार सदस्यको स्थान रिक्त छ ।

महिला आयोगमा अध्यक्षसहित पाँचै पदाधिकारी रिक्त रहेका छन । यस्तै राष्ट्रिय दलित आयोग पनि पदाधिकारीविहीन छ । संवैधानिक व्यवस्था अनुसार, आयोगमा अध्यक्षसहित पाँच पदाधिकारी रहने व्यवस्था छ ।

यस्तै समावेशी आयोगमा अध्यक्ष र तीन सदस्यको स्थान रिक्त छ । आदिवासी जनजाति आयोग पनि पदाधिकारीविहीन छ । आयोगमा अध्यक्ष र चार सदस्य रहने व्यवस्था छ । मधेसी आयोगमा प्रमुख आयुक्त भए पनि चार आयुक्तको स्थान रिक्त छ ।

यस्तै थारू र मुस्लिम आयोगमा अध्यक्ष नियुक्त भए पनि चार–चार सदस्य नियुक्त हुन सकेको छैन ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ९ : २६ बजे

१ सय रुपैयाँ बढीको सामानमा उठाउँदै आएको भन्सार शुल्कमा सर्वोच्च अदालतको रोक

काठमाडौं । नेपाल-भारत सीमा नाकाबाट १ सय रुपैयाँ भन्दा बढीको

विभिन्न शैक्षिक परामर्श केन्द्रका ६९ जना सञ्चालक नियन्त्रणमा

काठमाडौँ । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले

धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद

धादिङ । फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा

संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकारण

नेपालगन्ज । नेपालगन्जमा आजदेखि संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि

एन्फामाथिको निलम्बन बिनाशर्त फुकुवा

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल सङ्घ