१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओलीले संवैधानिक नियुक्‍तिमा सहयोग गर्न सभापति देउवालाई आग्रह गरेका छन् । प्रधानमन्त्रीको आग्रहपछि देउवाले पार्टीमा छलफल गरेर जवाफ दिने बताएको स्रोतले बताएको छ ।

सरकारले संवैधानिक निकायमा रिक्त पदाधिकारी पदपूर्तिको प्रक्रिया अघि बढाउन प्रधानमन्त्री ओलीले आगामी आइतवार संबैधानिक परिषदको बैठक बोलाएका छन् ।

संवैधानिक निकायमा पदाधिकारी रिक्त भएको लामो समय भए पनि प्रमुख प्रतिपक्षी कांग्रेससँग सहमति जुट्न नसक्दा पटकपटक नियुक्तिको कार्यसूचीसहित बैठक बोलाइए पनि अन्तिम समयमा स्थगित हुँदै आएको छ ।

यही अवस्थालाई मध्यनजर गरी संबैधानिक परिषदका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले कार्यसुची तोकेरै ४८ घन्टा अगावै परिषदको बैठक बोलाएका छन् ।

सम्पूर्ण सदस्यलाई बैठकको कार्यसूची र समयबारे ४८ घण्टाअघि सूचना दिनुपर्ने व्यवस्था अनुसार सदस्यहरूलाई बैठकबारे बिहीवार नै सूचित गराइएको छ । परिषद्का नियमित काम र संवैधानिक निकायको पदपूर्तिको विषयलाई कार्यसूची बनाइएको छ ।

हाल संबैधानिक निकायका ४५ पद रिक्त रहेका छन । पछिल्लो समय मानव अधिकार आयोगका सम्पूर्ण पदाधिकारीले एकैपटक अवकाश पाएका छन । नयाँ संविधान जारीपछि थप भएका संवैधानिक निकायमध्ये कतिपयले पहिलोपटक समेत पूर्णता पाएका छैनन ।

राष्ट्रिय मानव अधिकार आयोगमा पछिल्लो समय प्रमुख आयुक्तसहित चारै सदस्यको कार्यकाल सकिएपछि संवैधानिक निकायमा कुल ४५ पद रिक्त भएको हो । गत असोजमा आयोगका प्रमुख आयुक्त अनुपराज शर्मासहितका पदाधिकारीले अवकाश पाएका थिए ।

यस्तै अख्तियारमा प्रमुख आयुक्त र दुई आयुक्त पद रिक्त रहेको छ भने निर्वाचन आयोगमा दुई आयुक्त पद रिक्त छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा नेतृत्व भए पनि चार सदस्यको स्थान रिक्त छ ।

महिला आयोगमा अध्यक्षसहित पाँचै पदाधिकारी रिक्त रहेका छन । यस्तै राष्ट्रिय दलित आयोग पनि पदाधिकारीविहीन छ । संवैधानिक व्यवस्था अनुसार, आयोगमा अध्यक्षसहित पाँच पदाधिकारी रहने व्यवस्था छ ।

यस्तै समावेशी आयोगमा अध्यक्ष र तीन सदस्यको स्थान रिक्त छ । आदिवासी जनजाति आयोग पनि पदाधिकारीविहीन छ । आयोगमा अध्यक्ष र चार सदस्य रहने व्यवस्था छ । मधेसी आयोगमा प्रमुख आयुक्त भए पनि चार आयुक्तको स्थान रिक्त छ ।

यस्तै थारू र मुस्लिम आयोगमा अध्यक्ष नियुक्त भए पनि चार–चार सदस्य नियुक्त हुन सकेको छैन ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ९ : २६ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग