१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

राजसंस्थाको माग गर्दै रुपन्देहीमा प्रदर्शन



बुटवल । राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको माग गर्दै शुक्रबार रुपन्देहीमा प्रदर्शन भएको छ ।

शिव सेना नेपालको आयोजनामा तिलोत्तमाको भलबारीबाट भैरहवासम्म मोटरसाइकल तथा कार ¥याली प्रदर्शन भएको हो । गाडीमा पृथ्वीनारायण शाहको तस्वीर राखेर राष्ट्रिय झण्डा सहित शुरु भएको ¥याली भलबारीबाट बुद्धचोक,लुम्बिनीरोड,गल्लामण्डी,मिलनचोक,देवकोटाचोक हुंदै बुद्धचोकमा पुगेर कोणसभा गरी समापन भएको थियो ।

कोणसभामा शिव सेना नेपालका केन्द्रीय अध्यक्ष अनिल बाबा बस्नेत, केन्द्रीय सदस्य अनिल जैसवाल,रुपन्देही अध्यक्ष विपिन मल्लिकले बोल्दै राष्ट्रिय एकता,अखण्डता र धर्म रक्षाका लागि राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापना गरिनुपर्ने धारणा राखेका थिए ।

भ्रष्टाचार र विदेशी हस्तक्षेपले गणतन्त्र असफल भइसकेकाले जनतामा जागरणका लागि देशव्यापी प्रदर्शनको अभियान थालेको उनीहरुको दावी थियो । ¥यालीमा दुईहजार जना भन्दा बढीको सहभागिता रहेको आयोजक नारायण अर्यालले दावी गरे ।

राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको लागि हुने जुनसुकै प्रदर्शनमा सहभागी हुन राप्रपा रुपन्देहीले विज्ञप्ति नै निकालेर अपील गरेको थियो । बिहीबार पनि भैरहवामा राजावादीहरुले गणतन्त्र खारेजीको माग गर्दै वृहत प्रदर्शन गरेका थिए । राजावादीको यस्ता प्रदर्शनमा प्रशासनले कुनै अवरोध गरेको छैन ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ९ : ४७ बजे

वीरगन्जमा सद्भाव र्‍याली

वीरगन्ज । सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव

सामाजिक एकता र सद्भाव कायम राख्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी

रास्वपा सांसदलाई प्रधानमन्त्रीले भने – राज्य संयन्त्र परिचालित छन्, कोही विचलित हुनुपर्दैन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई

साताको अन्तिम दिन दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक 

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौं । विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता,