२१ मंसिर २०८२, आइतबार | December 7, 2025

राजसंस्थाको माग गर्दै रुपन्देहीमा प्रदर्शन



बुटवल । राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको माग गर्दै शुक्रबार रुपन्देहीमा प्रदर्शन भएको छ ।

शिव सेना नेपालको आयोजनामा तिलोत्तमाको भलबारीबाट भैरहवासम्म मोटरसाइकल तथा कार ¥याली प्रदर्शन भएको हो । गाडीमा पृथ्वीनारायण शाहको तस्वीर राखेर राष्ट्रिय झण्डा सहित शुरु भएको ¥याली भलबारीबाट बुद्धचोक,लुम्बिनीरोड,गल्लामण्डी,मिलनचोक,देवकोटाचोक हुंदै बुद्धचोकमा पुगेर कोणसभा गरी समापन भएको थियो ।

कोणसभामा शिव सेना नेपालका केन्द्रीय अध्यक्ष अनिल बाबा बस्नेत, केन्द्रीय सदस्य अनिल जैसवाल,रुपन्देही अध्यक्ष विपिन मल्लिकले बोल्दै राष्ट्रिय एकता,अखण्डता र धर्म रक्षाका लागि राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापना गरिनुपर्ने धारणा राखेका थिए ।

भ्रष्टाचार र विदेशी हस्तक्षेपले गणतन्त्र असफल भइसकेकाले जनतामा जागरणका लागि देशव्यापी प्रदर्शनको अभियान थालेको उनीहरुको दावी थियो । ¥यालीमा दुईहजार जना भन्दा बढीको सहभागिता रहेको आयोजक नारायण अर्यालले दावी गरे ।

राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको लागि हुने जुनसुकै प्रदर्शनमा सहभागी हुन राप्रपा रुपन्देहीले विज्ञप्ति नै निकालेर अपील गरेको थियो । बिहीबार पनि भैरहवामा राजावादीहरुले गणतन्त्र खारेजीको माग गर्दै वृहत प्रदर्शन गरेका थिए । राजावादीको यस्ता प्रदर्शनमा प्रशासनले कुनै अवरोध गरेको छैन ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ९ : ४७ बजे

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु

गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन